Kathmandu Press

रुपन्देहीमा आइसोलेसनमा राखिएका युवकको मृत्यु 

बुटवल, चैत १६ : रुपन्देहीको कोरोना भाइरस विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा राखिएका एक ज

रुपन्देहीमा आइसोलेसनमा राखिएका युवकको मृत्यु 

बुटवल, चैत १६ : रुपन्देहीको कोरोना भाइरस विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ। 

बुटवल धागो कारखानास्थित कोरोना भाइरस विशेष (अस्थायी) अस्पतालमा राखिएका सैनामैना नगरपालिकाका ३४ वर्षीय युवकको आइतबार मृत्यु भएको हो। उनलाई आईसीयुमा राखेर उपचार गर्ने तयारी भइरहेका बेला मृत्यु भएको बताइएको छ।

ती युवक युएईबाट गत चैत ६ गते फर्किएका थिए। घरमा आइपुगेपछि ज्वरो आएपछि उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए। कोरोनाको संक्रमणबाट मृत्यु भएको हो कि होइन भन्नेबारेमा पुष्टि भएको छैन।

उनको स्वाब निकालेर काठमाडौं पठाइएको भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन।


 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्