लकडाउन उल्लंघन गर्नेलाई समात्न मेटल रड (फोटोफिचर)
काठमाडौं, चैत १६ : कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउन आज छैटौं दिनमा पुगेको छ। लकडा
काठमाडौं, चैत १६ : कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउन आज छैटौं दिनमा पुगेको छ। लकडाउन उलंघन गर्न थालिएपछि प्रहरीले पक्राउ गर्न नयाँ उपाय अपनाएको छ, मेटल रड।
आज बिहानै पनि प्रहरीले मेटल रडले दुई सयभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार पाँच सय जनालाई पक्राउ गरेको थियो। अझ थप कडाइ गर्ने प्रहरीको तयारी छ।
कोरोना भाइरस संक्रमणको जोखिम भएकाले हातले नसमातेर मेटल रडको प्रयोग गर्न थालिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए। हातले समात्दा कोरोना संक्रमण हुने जोखिम छ, त्यसैले मेटल रकड प्रयोग गरिरहेका छौं, डीआईजी पोखरेलले भने।
लकडाउन उलंघन गर्नेलाई समात्न प्रहरीले विशेष टोली खटाएको छ। त्यो टोलीले मेटल रडको सहायताले पक्राउ गरेर गाडीमा राख्ने गरेको छ। उनीहरुलाई दुई घन्टा प्रहरी कार्यालयमा राखेर सम्झाइबुझाइ गरेपछि मात्रै छोड्ने गरिएको छ।