बेल्जियमबाट फर्किएकी युवतीमा भेटियो कोरोना भाइरसको संक्रमण
काठमाडौं, चैत १५ : बेल्जियमबाट नेपाल फर्किएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

काठमाडौं, चैत १५ : बेल्जियमबाट नेपाल फर्किएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार बाग्लुङ नगरपालिकाकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच पुगेको छ।
उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नमूना परीक्षणमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको डा. देवकाटाले बताए।
बागलुङ नगरपालिकामा आफ्नै घरमा रहेकी ती युवतीको धौलागिरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि नमूना संकलन गरेर काठमाडौं ल्याइएको थियो।
यसअघि साेही फ्लाइटमार्फत नेपाल आएकी १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण भएको गत चैत १० गते पुष्टि भएको थियो।
कोरोना संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ३२ वर्षीय एक युवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कोरोनाबाट संक्रमित एक युवक भने निको भएर घर फर्किसकेका छन्।











