Kathmandu Press

बाँकेको नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपालगञ्ज, चैत १५ : बाँकेको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। 

बाँकेको नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
पत्रकार शिव दाहालको ट्वीटरबाट

नेपालगञ्ज, चैत १५ : बाँकेको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। 

शनिबार मध्यान्ह राँझा विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको वाइ-१२ विमान दुर्घटनामा परेको हो। कोरोना भाइरसको सम्भावित संक्रमितको नमूना लिन गएको उक्त विमान अवतरणका क्रममा चिप्लिएर धावनमार्गबाट घाँसे मैदानमा पुगेको थियो।

विमान चिप्लिएर घाँसे मैदानमा गएर रोकिएकाले कुनै मानवीय क्षति भने हुन नपाएको राँझा विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

'तीव्र हावा चलेको र विमानमा पनि केही समस्या आएकाले धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेकाे हो,'उनले भने,' घाँसे मैदानमा गएर रोकिएकाले कुनै क्षति हुन पाएन।' 

उनका अनुसार विमान काठमाडाैंबाट मेडिकल सामग्री लिएर आएको थियो। सरकारले कोरोना परीक्षणका लागि संकलित नमूना लिन नेपालगजञ्जसहित केही ठाउँमा विमान पठाएको छ।  


 

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, चैत १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्