Kathmandu Press

लकडाउनमा के गर्दैछन् बलिउड सेलिब्रेटी ?

काठमाडौं, चैत १५ : कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालमा सात
लकडाउनमा के गर्दैछन् बलिउड सेलिब्रेटी ?

काठमाडौं, चैत १५ : कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालमा सात दिने लकडाउन भएपनि भारतमा भने २१ दिने लकडाउन छ। करिब एक अर्ब ३० करोड भारतीय नागरिक घरभित्रै छन्। यस्तो बेला बलिउड सेलिब्रेटी के गरिरहेका होलान् ?

बलिउड सेलिब्रेटी पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा छन्। उनी सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह मात्रै गरिरहेका छैनन्, मनोरञ्जन पनि प्रदान गरिरहेका छन्।  बलिउड अभिनेता शाहरुख खानले ट्वीटरमा एउटा भिडियो शेयर गरेका छन्। यसमा उनले घरमै बस्न कति आवश्यक छ र कारोना भाइरससँग कसरी लड्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

उनले आफूले अभिनय गरेको फिल्मको दृश्यलाई कैद गरी कोरोना भाइरसको लक्षणहरु बुझाउने प्रयास गरेका छन् । उनी भन्छन्, ‘तपाईहरुमा पनि यस्तो कुनै लक्षण छ भने डाक्टरसँग सल्लाह लिइहाल्नुहोस् र यदि छैन भने पनि डाक्टरको सल्लाह लिनुहोस्।’

Hardik ivf

 

भिडभाडबाट टाढा रहन, घरमा एक्लै बस्न, आफूले अरुलाई नछुन र अरुलाई पनि आफू छुन नदिन, आफ्नो अनुहारलाई जति नै राम्रो भएपनि नछुन उनले आग्रह गरेका छन्। ‘यदि तपाईहरुलाई कुनै विशेष कामले बाहिर जान पर्‍यो भने पनि यता उताको सामान नछुनुस्। मुख्य कुरा सार्वजनिक बसमा यात्रा नगर्नुस्,’ शाहरुखले भनेका छन्।

हातमुख सफासँग धुन, हाछ्यूँ गर्दा कुइनाले छोपेर गर्न उनले आग्रह गरेका छन्। शाहरुखले भनेका छन्, ‘म र मेरो परिवारजस्तै सुरक्षित रहनुस् र सरकारले लागू गरेको लकडाउनलाई पालना गर्नुस्।’

त्यस्तै, अभिनेत्री दीपिका पादुकोणेले पनि घरभित्रै बस्न, सरकारको निर्देशन पालना गर्न आग्रह गरेकी छिन्। उनले सबैलाई सतर्कत रहन र एकअर्कालाई सहयोग गर्न पनि आग्रह गरेकी छन्।

अभिनेत्री प्रियंका चोपडाले सफासँग हात कसरी धुनुपर्छ भन्ने भिडियो शेयर गरेकी छन्। रमाइलो ढंगमा हात धुने तरिका सिकाउँदै प्रियंकाले आफू र आफ्नो परिवार सुरक्षित राख्न आग्रह गरेकी छन्।

त्यस्तै, अभिनेता सलमान खानले पनि अभिनयकै शैलीमा कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई सचेत हुन भिडियो सन्देशमार्फत आग्रह गरेका छन्।

उनले ट्वीटरमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘बसमा, रेलमा, बजारमा जहाँ पनि किन बलजफत गरी रहनुभएको? यो कुनै सार्वनजिक बिदा दिएको होइन। यो संवेदनशील कुरा हो। मास्क लगाऊ, मानिसहरुबाट टाढा बस, सफासुघर हुन तपाईंहरुलाई के समस्या छ?’

उनले आफ्नो र अरुको ज्यान बचाउन आग्रह गरेका छन्। ‘तपाईंले यति गर्नाले कराडौंको ज्यान बच्छ। तपाईंकै पनि ज्यान बच्छ। किन यस्तो गर्नुहुन्न? जिन्दगीको सवाल छ, बिन्ती छ नियम पालन गर्नुस्,’ सलमानले भनेका छन्।

@unicefindia

आपके लिए अमिताभ बच्चन का एक संदेश। ##covid19##coronavirus##safehands##coronavirusindia##amitabhbachchan

♬ original sound - UNICEF India

 

बलिउड सुपरस्टार अमिताभ बच्चनले पनि कोरोना भारइससँग लड्न सकिने विभिन्न कुराहरु सामानिक सञ्जालमा शेयर गर्दै आएका छन्। कोरोना भाइरसको संक्रमणबाट सचेत रहन आग्रह गर्दै उनले ट्वीटरमा भिडियो पोस्ट गरेका छन्।

यतिबेला अभिनेत्री कट्रिना कैफ पनि सेल्फ क्वारेनटाइनमा घरभित्रै बसेकी छन्। उनले इन्स्टाग्राममा कुचोले भुइँ बढारिरहेको भिडियो शेयर गर्दै घरभित्रै बस्न आग्रह गरेकी छन्।

अन्य बलिउड कलाकारले पनि सबैलाई घरभित्रै बस्न र सचेतना अपनाउन आग्रह गरेका छन्। उनले कोरोना भाइरसको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन भिडियो, पोस्ट तथा फोटा सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Katrina Kaif (@katrinakaif) on

प्रकाशित मिति: १०:३१ बजे, शनिबार, चैत १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्