Kathmandu Press

लकडाउनमा झिसमिसेमै किनमेल (फोटोफिचर)

भक्तपुर, चैत १४ : कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशलाई नै लकडाउनमा राखेको छ। लकडाउनको चौथ

लकडाउनमा झिसमिसेमै किनमेल (फोटोफिचर)

भक्तपुर, चैत १४ : कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशलाई नै लकडाउनमा राखेको छ। लकडाउनको चौथो दिन शुक्रबार भक्तपुरमा भने झिसमिसेमै किनमेल गरिएको छ।

भक्तपुर नगरपालिकावासी भने शुक्रबार बिहानै भक्तपुरको पाँचतले मन्दिर परिसरमा  किनबेचका लागि निस्केका थिए। भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई बिहान ४ देखि ७ बजेसम्म दैनिक उपभोग्य सामान खरिदबिक्री गर्न अनुरोध गरेपछि उनीहरु किनमेलका लागि निस्केका हुन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि बिहानको समयमा किनमेलका लागि अनुमति दिएको थियो। त्यस्तै, कालिमाटी तरकारी बजार पनि बिहान ६ देखि ७ बजेसम्म खोल्नका लागि अनुमति दिइएको छ।

Hardik ivf

शुक्रबार बिहान झिसमिसेमै पाँचतले मन्दिर परिसरमा सर्वसाधारणको भीड लागेको थियो।

पाँचतले मन्दिर परिसरका केही दृश्य :

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्