Kathmandu Press

सेल्फ क्वारेन्टाइनबाट सेलिब्रेटीका यस्ता छन् भिडियो सन्देश

काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा रहेका कलाकारले सामाजिक सञ्जाल

सेल्फ क्वारेन्टाइनबाट सेलिब्रेटीका यस्ता छन् भिडियो सन्देश

काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा रहेका कलाकारले सामाजिक सञ्जालमार्फत विभिन्न सन्देश दिइरहेका छन्। केही कलाकारले त भिडियो बनाएरै कोरोना भाइरसबाट सचेतना जगाइरहेका छन्।

सेल्फ क्वारेन्टाइनबाटै भिडियो सन्देश पठाउनेमा पर्छिन, नायिका नम्रता श्रेष्ठ। उनले कोरोना भाइरसबाट जोगिन इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकी छिन्, जसमा आफू पनि घरमै बसिरहेको र सबैलाई घरमा बस्न आग्रह गरेकी छिन्।

संसार भर फैलिँदै गएको कारोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरमै बस्नु भएकाले बाहिर ननिस्कन आग्रह गरेकी छन्। घरबाट बाहिर ननिस्किए बच्न सकिने उल्लेख गर्दै भनेकी छन्, ‘यो भाइरस जसमा पनि जसलाई पनि सर्न सक्छ। यदि हामी बाहिर निस्क्यौ भने हामीबाट अरुमा सर्नसक्छ र अरुबाट हामीमा सर्नसक्छ।’

Hardik ivf
 
 
 
 
 
 
 
 
 
 
 
 

#stayhome #staysafe #dherai #maya #takecare

A post shared by Namrata Shrestha (@namrataashrestha) on

 

त्यस्तै, कलाकार हरिवंश आचार्य पनि सचेतना जगाउन भिडियो सन्देश लिएर आएका छन्।

नेपाली परिवेश अनुसार अहिलेको कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने सुरक्षाको उपाय उनले भिडियोमा बताएका हुन्। रमाइलो र गाउँलेशैलीमा बर्णन गरिएको भिडियो धेरै रुचाएका छन्।

यसैगरि, कलाकार सिताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले कोरोना भाइरसको संक्रमणबाट जोगिन एक सचेनात्मक सांगीतिक भिडियो सन्देश सामाजिक सञ्जालमा सेयर गरेका छन्।

उनीहरुले ढट्यौली शैलीमा दिएको उक्त सन्देशमा भनिएको छ, ‘जाइफूलको बासना, सबैजना क्वारेन्टाइनमा बसौन।’

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्