यसरी सिन्दुरले रंगियो थिमि (बाह्र तस्बीर)
भक्तपुर, वैशाख २ : बिस्केट जात्राको अवसरमा आज मध्यपुर थिमि सिन्दरले रंगिएको छ । स्थानीय बासिन्दाले बिहानैदेखि सिन्दुर खेलेर जात्रा मनाएका छन्।
....
भक्तपुर, वैशाख २ : बिस्केट जात्राको अवसरमा आज मध्यपुर थिमि सिन्दरले रंगिएको छ । स्थानीय बासिन्दाले बिहानैदेखि सिन्दुर खेलेर जात्रा मनाएका छन्।
मध्यपुर थिमिको टोल–टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा राखेर पूजाआजा गरेका छन् । देवता भएको खट बोकेर सिन्दुर खेल्दै जात्रा मनाएका हुन्।
यो जात्रा थिमिमा मात्रै मनाइन्छ । स्थानीय बासिन्दा नाच्दै एकअर्कालाई सिन्दर दल्ने गर्छन्।
सोमबार बिहानै बालकुमारी मन्दिरबाट बालकुमारी र कालिका बाहिर निकालिएको थियो । बालकुमारी र कालिकाको खट निकालेसँगै सिन्दुर जात्रा सुरु हुन्छ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ।
एक—अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली रमाईलो गरिन्छ । सिन्दुर खेल्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भन्ने गरिएको हो।






