Kathmandu Press

सय वर्षअघिको स्पेनिस फ्लू नियन्त्रणमा पनि सफल भएको थियो सामाजिक दूरीको फर्मुला 

पहिलो विश्वयुद्धको अन्त्य नजिक एक घातक फ्लू संसारभर फैलियो। जसको नाम थियो स्पेनिस फ्लू। त्यत्तिबेला विश्व जनसंख्याको

सय वर्षअघिको स्पेनिस फ्लू नियन्त्रणमा पनि सफल भएको थियो सामाजिक दूरीको फर्मुला 

पहिलो विश्वयुद्धको अन्त्य नजिक एक घातक फ्लू संसारभर फैलियो। जसको नाम थियो स्पेनिस फ्लू। त्यत्तिबेला विश्व जनसंख्याको एक चौथाइभन्दा बढी मानिस संक्रमित भए। करिब ५० देखि १०० मिलियन मानिसको मृत्यु भयो।

यो मानव इतिहासको घातक माहामारी मध्ये एक थियो। यो महामारीका बीच अर्थात १९१८ सेप्टेम्बरमा अमेरिकाका शहरहरु युरोपमा युद्ध प्रयासका लागि सहयोग गरिरहेका थिए। फिलाडेल्फिया र पेन्सिलभेनियामा ६०० सैनिक सोही फ्लूबाट संक्रमित बनेका थिए। शहरका प्रमुखले परेड खेल्दै अघि बढ्ने निर्णय लिए।  त्यही बीचमा सेन्ट लुइस शहरले आफ्नो परेड रद्द गर्ने र सार्वजनिक समारोह घटाउने निर्णय लियो। 

एक महिनापछि फिलाडेल्फियामा १० हजारभन्दा बढी मानिस स्पेनिस फ्लूका कारण मरे। जबकि सेन्ट लुइसमा मर्नेको संख्या ७०० भन्दा तल थियो। मृत्युदरको अन्तरमा परेडमात्रै कारण थिएन। तर, तथ्यांक हेर्दा त्यो बेला अपनाइएको ‘सामाजिक दूरी’ एक प्रमुख कारण रहेको देखिन्छ।

Hardik ivf

‘सामाजिक दूरी भन्नाले दुई वा दुईभन्दा धेरै मानिसबीचको शारीरिक दूरी भन्ने बुझिन्छ। त्यसले सरुवा भाइरस रोक्न सकियोस्,’ न्यूजिल्याण्डको क्यान्टबेरी विश्वविद्यालयमा महामारी विज्ञान र पर्यावरणीय स्वास्थ्यका सह-प्राध्यापक अरिन्दम बसु भन्छन्। 

१९९८ मा अमेरिका आसपासका शहरमा गरिएको अध्ययन विश्लेषणले यो पत्ता लाग्छ- कि जहाँ मानिसलाई सार्वजनिक समारोह, थिएटर, स्कुल लगायतका जमघट हुने स्थानमा जान प्रतिबन्ध लगाइएको थियो, त्यहाँ मृत्युदर समेत कम थियो।  

केबल १०० वर्षपछि विश्वले अर्को एक महामारीको सामना गरिरहेको छ। यो पटक एक फरकखालको कोरोना भाइरस (कोभिड–१९) सामना विश्वले गर्नु परेको छ। आज विश्वको जनसंख्या १९१८ को भन्दा तीन गुणाले बढी छ। जबकि कोभिड–१९ स्पेनिस फ्लूभन्दा धेरै फरक छ। विशेषगरी यसले कसलाई प्रभावित पार्छ ? भन्ने महत्वपूर्ण विषय हो। अहिलेसम्मको अभ्यासले समेत के देखाएको छ भने यो महामारीसँग लड्ने सबैभन्दा उत्तम तरिका सामाजिक दूरी कायम गर्ने नै हो।  

‘यो समय हामी एक सुरक्षित र प्रभावकारी भ्याक्सिनबारेमा केही जान्दैनौं। सँगै कोभिड–१९ को संक्रमण समाप्त पार्ने सुरक्षित र प्रभावकारी औषधि नै हामीसँग छैन,’ बसु भन्छन्,‘ भ्याक्सिन र औषधि नभएका बेला हामीसँग भएको उत्तम तरिका रोकथाम नै हो।’

विश्वभरका धेरै देश अहिले कोभिड–१९ फैलन नदिन सामाजिक दूरी कायम गर्ने प्रयासमा जुटेका छन्। सामाजिक समारोहमा रोक लगाउने, सार्वजनिक ठाउँहरु जस्तै मानोरञ्जन केन्द्र, क्लब, स्कुल बन्द गर्नेदेखि लक डाउनसम्मको अभ्यास विश्वभर भइरहेको छ।

सेल्फ क्वारेन्टाइन (संगरोध) पनि सामाजिक दूरीको एक रुप हो। जो संक्रमित छन् वा संक्रमणको जोखिममा छन्, उनीहरुका लागि यो उत्तम विकल्प हो। जसले अन्य मानिससँग सम्पर्क हुनबाट जोगाओस्। सामाजिक दूरी एक उपाय हो, जसको उद्देश्य मानिसहरुलाई घुलमिल हुनबाट रोक्छ। 
 
हेरक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण हुन सक्छ। कोरोना भाइरस सुरुमा २–३ जनामा मात्र फैलिएको अनुमान गरिएको थियो। तर, अहिले यसले महामारीको रुप लिइसकेको छ। विज्ञहरुले अरु भाइरससँग उनीहरुले गरेको तुलनात्मक अध्ययन अनुसार इन्फलुएन्जा भाइरस सर्ने क्षमता १.०६ देखि ३.४ जनासम्म रहन्छ।

त्यस्तै, स्पेनिस फ्लू १.८ जना मानिसमा सर्ने अध्ययनले देखाएको छ। साथै राइनो भाइरस (रुघाखोकी) सर्ने क्षमता १.२ देखि १.८३ जनासम्म रहन्छ। कोरोना भाइरस सर्ने क्षमता १.४ देखि ३.९ जनासम्म रहेको अनुमान अध्ययनको छ। 

कोभिड–१९ को संक्रमण र लक्षणबीचको समय करिब पाँच दिनको पाइएको छ। यद्यपि चीनको अध्ययन अनुसार लक्षण देखिन १४ दिनसम्मको समय लाग्न सक्छ। यदी तपाईं संक्रमति हुनुहुन्छ र समाजिक दूरी कायम गर्नुभएको छैन भने तपाईंको परिवार वा साथीभाइमध्ये २–३ जनालाई संक्रमण हुन सक्छ। जो प्रत्येकले अर्को दुई जनालाई संक्रमण सार्न सक्छन् भन्ने प्रारम्भिक अध्ययनहरुले देखाएका छन्। 

एक महिनाभित्र एक संक्रमित व्यक्तिका कारण २४४  जना संक्रमित हुन सक्छन्। र, यो दुई महिनामा ५९ हजार ६०४ लाई सर्न सक्छ।  

अझ जटिल पक्ष त के हो भने भाइरस ती मानिसबाट फैलन सक्छ, जो संक्रमित भइसकेका छन् तर लक्षण देखिसकेको छैन। अस्टिनको टेक्सास विश्वविद्यालयमा लरेन एन्सेलका मेयरहरुले गरेको अध्ययनले यो भाइरस १० प्रतिशत मानिसमा पूर्णरुपमा सरेको थाहा हुन्छ भने अनुमानित १ देखि ३ प्रतिशतलाई कुनै लक्षण नदेखिएको हुन सक्छ।

यी व्यक्तिहरुले आफूलाई रोग लागेको थाहा नपाउने सम्भावना रहन्छ। तर समयमै आवश्यक सतर्कता अपनाएर सामाजिक दूरी अपनाए अनजानमै भाइरस फैलाउनबाट रोक्न सकिन्छ।
    
पहिलेदेखि नै यो प्रमाणित भएको छ कि सबैले दोस्रो व्यक्तिबाट सुरक्षित दूरी बनाएमा कोरोना फैलनबाट रोक्न सकिन्छ। चीनको वुहानमा संक्रमणलाई हेरेर गरिएको अनुसन्धानले सामाजिक दूरीमा ठूलो नियन्त्रण कायम गर्दा संक्रमण सर्ने दर २.३५३३५ बाट करिब एकमा झरेको देखाएको छ।

चीनले वुहान र हुबेमा संक्रमण फैलन नदिने सामाजिक दूरी कायम गर्न लक डाउनको अभ्यास गरेको थियो। जहाँ अहिले कोरोनाका नयाँ बिरामी देखिन छाडेका छन्। 
 

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्