नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटिए
काठमाडौं, चैत १३ : नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटिएका छन्।
बुधबार क

काठमाडौं, चैत १३ : नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटिएका छन्।
बुधबार कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि फ्रान्सबाट फर्केकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। ती युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। त्यसअघि चीनमा फर्केका एक युवामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। तर, उनी उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्।
नेपालमा अहिलेसम्म ६८७ जनाको कोरोना परीक्षण गरिएकोमा ६८४ जनामा नेगेटिभ र तीन जनामा कोरोना पोजिटिभ देखिएको छ।
प्रकाशित मिति: १२:४२ बजे, बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











