Kathmandu Press

लकडाउन उल्लंघन गर्ने सवारीमाथि धमाधम कारवाही, बुधबार बिहान ७०८ सवारी नियन्त्रणमा

काठमाडौं, चैत १२: कोरोना भाइरसको जोखिमका कारण सरकारले लागू गरेको लक डाउन उल्लंघन गर्ने सवारी सा

लकडाउन उल्लंघन गर्ने सवारीमाथि धमाधम कारवाही, बुधबार बिहान ७०८ सवारी नियन्त्रणमा

काठमाडौं, चैत १२: कोरोना भाइरसको जोखिमका कारण सरकारले लागू गरेको लक डाउन उल्लंघन गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ। लकडाउनको दोस्रो दिन अवज्ञा गर्ने सवारी साधनलाई कारवाही गर्न थालिएको हो।

महानगरी ट्राफीक महाशाखाले बुधबारदेखि कारवाही थालेको हो। बिहान १० बजेसम्म लकडाउन अवज्ञा गर्ने ७०८ सवारी साधनलाई कारवाही गरिएको महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिए। कारवाही गरिएका मध्ये चारपांग्रे भन्दा माथिका ९० सवारी सधान छन्।

यस्तै ६१८ मोटरसाइकललाई कारवाही गरिएको श्रेष्ठले बताए। ‘लडक डाउन उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिएका छौं। ती सवारीलाई अहिले होल्ड गरिएको छ,’ उनले भने, ‘अवज्ञा गर्ने माथि नियमित कारवाही हुन्छ।’

प्रकाशित मिति: १०:४६ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्