जिफन्टको सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी
मकवानपुर, वैशाख २ : सत्तारुढ नेकपा समर्थित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन्।<....

मकवानपुर, वैशाख २ : सत्तारुढ नेकपा समर्थित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पर्यटन क्षेत्रको मजदुर संगठन यूनिट्राभको ३६औं स्थापना दिवसको अवसरमा सोमबार मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
‘अहिले बनेका कानुनहरूले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ,’ जिफन्टका महासचिव चौधरीले भने, ‘तर यसबीचमा कानुनको पालना नगर्ने चलखेल हुन थालेको छ । सरकार र सरोकारपक्षविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरी नआउला भन्न सकिन्न।’
कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकलाई आग्रह गरे।











