Kathmandu Press

बालबालिकासहित सयाैं नेपाली सीमा क्षेत्रमा अलपत्र

धनगढी, चैत ११ : भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेपछि घर फर्केका सयौं नेपाली सोमबार साँझदेखि ने

बालबालिकासहित सयाैं नेपाली सीमा क्षेत्रमा अलपत्र

धनगढी, चैत ११ : भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेपछि घर फर्केका सयौं नेपाली सोमबार साँझदेखि नेपाल भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र परेका छन्। उनीहरुसँगै ससाना बालबालिका पनि रहेका छन्।

भारतको विभिन्न शहरबाट आएका उनीहरु सोमबार राति गौरीफन्टा पुगेका थिए। नेपाली सुरक्षाकर्मीले आउन नदिएपछि उनीहरु सीमा क्षेत्रमै बसेका थिए। रातभर सीमा क्षेत्रमा कुरेका उनीहरुले आज बिहान पनि नेपाल आउन पाएका छैनन्।

घर फर्कन पाउनुपर्ने माग गर्दै उनीहरुले सीमा क्षेत्रमा नाराबाजी समेत गरेका छन्। आफ्नो देश फर्कन पाउनुपर्ने र घरसम्म पुग्ने सरकारले व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाका वासिन्दा छन्। उनीहरु एक हजारभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उनीहरुलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए। सुदूरपश्चिमका मुख्यमन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए।

उनीहरुले पानी समेत नपाइरहेको बताएका छन्। उनीहरु बसिरहेको क्षेत्रमा पसलहरु पनि बन्द रहेका छन्।

प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्