Kathmandu Press

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भेटियाे, टेकुमा उपचार हुँदै

काठमाडौं, चैत १० : फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

<
फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भेटियाे, टेकुमा उपचार हुँदै

काठमाडौं, चैत १० : फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्। ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्।

Hardik ivf

शंका लागेपछि अस्पताल भर्ना भएकी उनलाई आइतबार संक्रमण भएको पुष्टि भएको हो। सोमबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्यमन्त्री ढकालले बताए।

उनकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।

फ्रान्समा अध्ययनरत उनी होम क्वारेन्टाइनमा बसेकी थिइन्। कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ। 

यसअघि पनि नेपालमा एक जनालाई कोरोना पोजेटिभ देखिएको थियो। उनको उपचार गरेर निकाे भइसकेका छन्। नेपालमा कोरोनाको यो दोस्रो संक्रमण हो। 

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्