Kathmandu Press

भारत र चीनतर्फका सबै नाका एक साताका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ९ : सरकारले भारत र चीनतर्फका सबै सीमा एक हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरे

भारत र चीनतर्फका सबै नाका एक साताका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ९ : सरकारले भारत र चीनतर्फका सबै सीमा एक हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । 

आइतबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणलाई रोक्नै दुवै छिमेकी मुलुका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। 

भोलि विहान १० बजेबाट एक साताका लागि सबै नाका बन्द गरिनेछ। 

बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न ५० करोड रुपैया विनियोजन गरेर केन्द्रीय राहत कोष खडा गरेको छ। 


सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ । सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान पनि गरेको छ ।

प्रकाशित मिति: २०:१८ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्