Kathmandu Press

काेराेनाबारे सचेतना फैलाउन के गर्दैछन् सेलिब्रेटी?

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमणबाट जोगिन सेलिब्रेटीहरु सचेतना जगाउन जुटेका छन्। उनीहरू

काेराेनाबारे सचेतना फैलाउन के गर्दैछन् सेलिब्रेटी?

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमणबाट जोगिन सेलिब्रेटीहरु सचेतना जगाउन जुटेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत सचेतना सन्देश प्रवाह गरिरहेका छन्।

नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले पूर्वतयारी थालेसँगै सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन्। उनीहरू घरबाहिर निस्किन छोडेका छन्। धेरै मान्छेसँग भेटघाट पनि गर्न छोडेका छन्।

अभिनेता राजेश हमाल पनि सेल्फ क्वारेन्टाइनमा छन्। उनले सेल्फ क्वारेन्टाइनबाटै भिडियो सन्देश जारी गर्दै सचेतना अपनाउन सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘साबुन पानीले हात धोऔं।’

Hardik ivf

हात नमिलाउन पनि हमालले आग्रह गरेका छन्। ‘कति जना नमस्कार गरेपछि पनि फेरि हात मिलाउन पुग्छन्। यसरी दोहोरो कार्य गरिराख्न आवश्यक छैन,’ हमालले भनेका छन्।

उनले कोरोना भाइरसको महामारीबाट पाठ सिक्दै स्वस्थ रहन र वातावरण जोगाउन पनि ध्यान दिनुपर्ने बताएका छन्। ‘सबैले के पाठ सिक्नुपर्छ भने स्वास्थ्य र वातावरण सबैले जोगाएर राख्नुपर्छ,’ उनले भनेका छन्। त्यस्तै, उनले घरभित्रै बस्न र धेरैसँग भेटघाट नगर्न पनि हमालले आग्रह गरेका छन्।

त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले कोराना भाइरसको जोखिमबाट बच्ने उपाय सुझाउँदै साबुन पानीले हात धोएको तस्बिर शेयर गरेकी छिन्। सेल्फ क्वारेन्टाइनमा रहेकी उनले किताब पढ्न आग्रह गरेकी छन्। आफूले किताब पढिरहेको तस्बिर पनि सेयर गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छिन् ‘सरसफाई अनि घरको बसाइ कस्तो हुँदैछ हजुरको? के के गर्ने योजनामा हुनुहुन्छ यो समय?’ अभिनेत्री पन्तले कोरोना भाइरसको संक्रमणबाट बच्न घरमै बस्न, सफा रहन, स्वस्थ रहन आग्रह गरेकी छन्।

सेल्फ क्वारेन्टाइनमै रहेकी अर्की अभिनेत्री हुन नम्रता श्रेष्ठ। सार्वजनिक कार्यक्रम, भेटघाट छोडेर घरमै रहेकी उनले कोरोना भाइरसको जोखिमबाट बच्ने सजिलो उपाय पनि सुझाएकी छन्। अभिनेत्री श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘घरमै बस्नुस् अनि नेपाली फिल्म हेनुस्।’

अभिनेत्री करिश्मा मानन्धर पनि अहिले सेल्फ क्वारेन्टाइनमै बसेकी छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन अनुरोध गरेकी छन्।

कोरोना भाइरसको जोखिबाट बच्न सम्भवत घरबाट बाहिर ननिस्किनुनै उचित रहेको सुझाउँदै उनले सरसफाईमा ध्यान दिन आग्रह गरेकी छन्। ‘सबै सेल्फ क्वारेन्टाइनमा बस्नुस्, सामाजिक सञ्जालमा देखिएका भ्रामक सूचनाबाट बच्नुस्,’ अभिनेत्री मानन्धरले भनेकी छन्।

अभिनेत्री झरना थापाको त कोरोना भाइरसकै कारण सुटिङ रोकिएको छ। फिल्म ‘ए मेरो हजुर–४’को सुटिङ रोकिएको उनले बताएकी छन्। छायांकन रोकिएकाले यसबाट कलाकार र प्राविधिकहरूलाई पर्न गएको असरप्रति सजग रहेको उल्लेख गर्दै उनले ज्यान नै ठूलो कुरा भएको बताएकी छन्।

उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउन आग्रह गर्दै भनेकी छन्, ‘आफ्नो स्वास्थ्य र जीवनभन्दा ठूलो केही पनि हुन सक्दैन। हामी छिट्टै फेरि पहिलेजस्तै सहज जीवनशैलीमा हुनेछौं। हरे कृष्ण।’

कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाइनमा रहेका अर्का निर्देशक तथा अभिनेता हुन, निश्चत बस्नेत। उनले फेसबुकमार्फत सन्देश जारी गर्दै शंका लागेमा चिकित्सकलाई सम्पर्क गर्न आग्रह गरेका छन्। अभिनेता बस्नेतले भनेका छन्, ‘यदि तपाईलाई ज्वरो खोकी छ र डाक्टरसँग कुरा गरेर सल्लाह लिनु छ भने कृपया ९८०१५७५००५ मा कल गर्नुहोला। आवश्यक भए मात्र कल गर्न यो नम्बर सेयर गरेर सहयोग गरिदिनुहोला।’

त्यस्तै, सेल्फ क्वारेन्टाइनमा रहेकी अभिनेत्री वर्षा सिवाकोटीले पनि सतर्कता अपनाउन आग्रह गरेकी छन्। उनले फेसबुकमार्फत भिडियो सन्देश प्रवाह गर्दै सतर्कता अपनाउन आग्रह गरेकी हुन्।

साबुनपानीले हात धुन, भिडभाडमा नजानु, अर्गानिक खानेकुरा खानुको साथै सबैभन्दा महत्वपूर्ण कुरा त्रसित र भ्रमित नहुन आग्रह गरेकी छन्, उनले ‘यती गरेमा हामी आफू बच्न सक्छौं र हामी बच्नु भनेको देशलाई नै बचाउनु हो।’ भनेकी छन्।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्