आजदेखि सेयर किनबेच गर्न प्यान अनिवार्य
काठमाडौं, वैशाख २ : अब दोस्रो बजारमा सेयर किनबेच गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ।
नेपाल धितोपत्र बोर्डले एक पटकमा पाँ....

काठमाडौं, वैशाख २ : अब दोस्रो बजारमा सेयर किनबेच गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ।
नेपाल धितोपत्र बोर्डले एक पटकमा पाँच लाख वा त्यसभन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य लागू गरेको हो । बोर्डले सबै लगानीकर्तालाई प्यान अनिवार्य गर्ने तयारी गरेको भएपनि विरोधपछि पाँच लाखको सिमा तोकिएको छ।
सरकारले चालु आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो।
प्यान लाग्ने भएपछि लगानीकर्तामा केही अन्यौलको स्थिति सिर्जना भएको छ । बजार घटिरहेका बेला प्यान लगाउँदा निरुत्साहित हुने लगानीकर्ताले बताउँदै विरोध समेत गरेका थिए।











