Kathmandu Press

कारोनाभाइरसबाट वेलायतमा एक जना नेपालीको निधन

काठमाडौं, चैत ८ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक जना नेपालीको निधन भएको

कारोनाभाइरसबाट वेलायतमा एक जना नेपालीको निधन

काठमाडौं, चैत ८ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक जना नेपालीको निधन भएको छ।

पूर्व गोर्खा सैनिक ६६ बर्षीय लिलाबहादुर राईको लण्डनको ह्रोमा उपचारका क्रममा निधन भएको हो। संखुवासभाका उनी सन २००८ मा सपरिवारसहित लण्डनबाट २१ किलोमिटर उत्तर-पश्चिमको हृयारो सहरमा बस्दै आएका थिए।

उनको गत मंगलबार लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको थियो। लिलाबहादुर मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो। 

मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ।

संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ।

प्रकाशित मिति: २१:२९ बजे, शनिबार, चैत ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्