'जलन कम गर्ने औषधिले कोभिड-१९ अझ बढाउने'
काठमाडौं, चैत्र ८ : व्यापक रूपमा प्रयोग गरिने जलन कम गर्ने औषधिले कोभिड-१९ अर्थात कोरोनाभाइरस अ

काठमाडौं, चैत्र ८ : व्यापक रूपमा प्रयोग गरिने जलन कम गर्ने औषधिले कोभिड-१९ अर्थात कोरोनाभाइरस अझ गम्भीर बनाउने फ्रान्सका अधिकारीहरुले चेतावनी दिएका छन्।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले शनिबार ट्विट गर्दै भनेका छन्, "इबुप्रोफिन, कोर्टिसोनजस्ता जलन कम गर्ने औषधिले संक्रमण अझ गम्भीर बनाउन सक्छ। ज्वरो आएको खण्डमा प्यारासिटामोल लिनुहोस्। पहिलेदेखि नै जलन कम गर्ने औषधि लिइरहेको भए डाक्टरको सल्लाह लिनुहोस्।"
जलन कम गर्ने औषधिले सरूवा रोगका बिरामीको रोग प्रतिरोधात्मक प्रणाली कमजोर गर्ने स्वास्थ्य अधिकारीले जनाएका छन्। प्यारासिटामोलले जलनमा प्रत्याक्रमन नगरि ज्वरो घटाउने फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबुप्रोफिन, प्यारासिटामोल र एस्पिरिनजस्ता लोकप्रिय पेनकिलर किन्ने फ्रान्सका बिरामीलाई जनवरीको मध्यदेखि स्वास्थ्यकर्मीको सल्लाह लिन अनिवार्य गरिएको छ।
टुलुज अस्पतालको फार्माकोलोजीका प्रमुख जन लुइ मोन्टास्ट्रुकले भने, “जलन कम गर्ने औषधिले ज्वरो वा संक्रमण भएको अवस्थामा जटिल समस्या ल्याउनसक्छ।” फ्रान्सको स्वास्थ्य मन्त्रालयले शुक्रबार २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या ८०० ले बढेको सार्वजनिक गरेको छ। भिरानले ३,६६१ जना संक्रमित भेटिएको र ७९ जनाले ज्यान गुमाएको बताएका छन्। बिरामीमध्ये १५४ जना सघन स्याहारमा रहेका छन्।
भाइरसको उद्विकास र प्रसार तिव्र र वास्तविक भएको तर संक्रमितमध्ये ९८ प्रतिशत निको भएको भिरानले दैनिक ब्रिफिङमा बताएका छन्। आइफल टावर, स्याटु डि भर्साय, लुभ, मुज डोर्सी र सँ पोम्पिदु केहि लोकप्रिय सार्वजनिक आकर्षण हुन् जो अहिले बन्द गरिएका छन्। पेरिसका प्रधान पादरी मिसेल अउपेटिले पेरिसका गिर्जाघरमा आइतबारको भेला नहुने बताए।












-(86)-1764936079.jpg)