चैत ९ देखि १० दिन सार्वजनिक यातायात र हवाई उडान बन्द
काठमाडौं चैत ७ : सरकारले चैत ९ गतेदेखि लागु हुनेगरी देशभरका लामाेदुरीका सार्वजनिक यातायात

काठमाडौं चैत ७ : सरकारले चैत ९ गतेदेखि लागु हुनेगरी देशभरका लामाेदुरीका सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ।
शुक्रबारसाँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै कोरोना भाइरसको जोमिखबाट बच्न लामो दुरीका सार्वजनिक यातायात चैत १० गतेदेखि बन्द गर्ने घोषणा गरेको हुन्। ओलीले हवाई सेवा पनि ९ गतेदेखि १० दिनका लागि बन्द गर्ने घोषणा गरेका छन्।
ओलीले संवोधनमा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न पनि आग्रह गरेकाछन् ।
प्रधानमन्त्रीको सम्वोधनका मुख्य बुदाहरु
· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।
· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ।
· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।
· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।
· मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ।
· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ।











