उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित
काठमाडौं, चैत ६ : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ।
बिहीबार

काठमाडौं, चैत ६ : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ।
बिहीबार बसेको महासंघको पदाधिकारीको बैठकले चैत २८ र २९ गते हुने भनिएको निर्वाचन स्थगित गर्ने निर्णय गरेको महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।
बैठकले निर्वाचन आगामी जेठ ७ र ८ गते गर्ने गरी मिति तय गरेको पूर्वअध्यक्ष मुरारकाले बताए। कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले बुधबार २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको थियो।
प्रकाशित मिति: १६:१० बजे, बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











