विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौं, चैत ५ : सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ।
काठमाडौं, चैत ५ : सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए।
विश्वविद्यालयले लिने परीक्षाका विषयमा निर्णय गर्न बिहीबार पदाधिकारीलाई छलफलका लागि बोलाउने तय भएको भएपनि सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय लिएको मन्त्री पोखरेलले बताए।
विश्वविद्यालयका सबै परीक्षा र एसईई परीक्षा स्थगित गरिएपनि एक महिनापछि हुने राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ को परीक्षाका विषयमा भने कुनै निर्णय नगरिएको मन्त्री पोखरेलले जानकारी दिए।
यसअघि सरकारले बिहीबार (भोलि) देखि सुरु हुन तय भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको थियो।











