Kathmandu Press

बृद्धाश्रममा कोरोना त्रास : नर्स र स्वयंसेविकाबाहेक अन्यलाई प्रवेश रोक

काठमाडौं, चैत ५ : संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै बृद्धाश्रममा पनि त्रास बढेको छ। काठमाडौंका

बृद्धाश्रममा कोरोना त्रास : नर्स र स्वयंसेविकाबाहेक अन्यलाई प्रवेश रोक
काठमाडाैं प्रेस

काठमाडौं, चैत ५ : संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै बृद्धाश्रममा पनि त्रास बढेको छ। काठमाडौंका अधिकांस बृद्धाश्रमले सतर्कता अपनाएका छन्।

पशुपतिनाथ क्षेत्रमा रहेको समाज कल्याण वृद्धाश्रमले वृद्धवृद्धाले सतर्कता अपनाएको जनाएको छ। एक–दुई घन्टाको फरकमा साबुन पानीले हात धुन लगाउने, स्यानटाइजर प्रयोग गर्न लगाउने र मास्क प्रयोग गर्न लगाउने गरिरहेको बृद्धाश्रमले जनाएको छ।

त्यस्तै, बुढानिलकण्ठस्थित मानव सेवा आश्रममा बृद्धबृद्धालाई लामो समय एउटै स्थानमा बस्न नदिने, हिडडुल गराइराख्ने गरेको छ। सामान्य बिरामी हुँदा पनि अन्य व्यक्तिबाट टाढा राख्ने गरेको जनाएको छ।

Hardik ivf

यस्तै, समाज कल्याण बृद्धाश्रममा पनि सतर्कता अपनाइएको छ। ‘कोरोना भाइरसले सबैलाई संक्रमण गर्छ, तर वृद्धवृद्धालाई छिट्टै संक्रमण गर्ने र हालसम्म मृत्यु हुनेमा बढि संख्या वृद्धवृद्धा भएकाले आश्रममा बढि सर्तकता अपनाउन थालेको छौं,’ कार्यालय प्रमुख देवी चालिसेले भनिन्।

समाज कल्याण बृद्धाश्रममा एक सय ४० जना वृद्धवृद्धा छन् । लगभग सबै ५५ वर्षभन्दा माथिका रहेकाले विशेष सतर्कता अपनाइएको उनले बताइन्। ‘वृद्धवृद्धा बस्ने स्थानमा नर्स र स्वयंसेविकाबाहेक अन्यलाई प्रवेश गराइएको छैन । स्वयंसेविकालाई पनि पञ्जा र मास्क लगाएर मात्र प्रवेश गराउन थालेका छौं,’ उनले भनिन्।

वृद्धवृद्धा कोही बोल्न नसक्ने र कोही कान कम सुन्ने छन्। मास्क लगाउँदा स्वास फेर्न गाह्रो हुने बृद्धबृद्धाले बताउने गरेको उनले सुनाइन्। उनीहरुलाई फकाएर मास्क लगाउन दिने र पटक–पटक साबुन पानीले हात धुन लगाउने गरेको उनको भनाइ छ।

त्यस्तै, बाहिरबाट आउने मान्छेलाई आश्रमभित्र प्रवेशमा रोक लगाइएको छ। साथै सरसफाई र खानेकुरामा पनि ध्यान दिइएको छ। वृद्धवृद्धाको दैनिक स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ।

यस्तै, वुढानिलकण्ठस्थित मानव सेवा आश्रममा ५३ जना बृद्धबृद्धा छन्। बृद्धाबृद्धालाई कोरोनाको संक्रमणबाट जोगाउन भिडभाड हुन नदिएको नविना सिटौलाले बताइन्। ‘सरसफाई र स्वास्थ्य परीक्षण ध्यान दिएका छौं,’ उनले भनिन्।

राति पनि एक्लाएक्लै सुत्ने व्यवस्था गरिएको छ। सुत्ने स्थानमा पनि स्वयंसेविकाले सरसफाइ गरिरहेका छन्।

सबै बृद्धबृद्धालाई मास्क लगाउन लगाइएको छ भने पटकपटक हात धुन लगाइएको छ। तत्कालका लागि बाहिरबाट आउने खानेकुरामा रोक लगाएको बृद्धाश्रमहरुले जनाएका छन्।

आश्रममा आवतजावत गरिराख्नेहरूलाई साबुन पानीले हात धुन लगाएर मात्र आश्रममा प्रवेश गराइएको छ।  

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्