पौडी खेल्न गएका दुई युवक कर्णालीको भंगालोमा वेपत्ता
नेपालगञ्ज, वैशाख २ : पौडी खेल्न गएका दुई युवक कर्णाली नदीको भंगालोमा वेपत्ता भएका छन्।
कर्णाली नदीको भंगालोमा पर्ने कोठीयाघाटमा दुई युवक आइत....

नेपालगञ्ज, वैशाख २ : पौडी खेल्न गएका दुई युवक कर्णाली नदीको भंगालोमा वेपत्ता भएका छन्।
कर्णाली नदीको भंगालोमा पर्ने कोठीयाघाटमा दुई युवक आइतबार वेपत्ता भएका हुन् । बाँकेको कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पौडी खेल्न ६ जना कोठियाघाट पुगेका थिए । पौडी खेल्ने क्रममा प्रज्ज्वल र दीपेन्द वेपत्ता भएको उनीहरूले प्रहरीमा खबर गरेका थिए।
वेपत्ता भएका दुवै युवक सोमबार पनि भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको छ । खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
प्रकाशित मिति: ११:१८ बजे, सोमबार, वैशाख २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











