Kathmandu Press

ब्राजिलियन स्टार रोनाल्डिन्होको ओरालो यात्रा 

काठमाडौं, चैत ३ : कुनै समय थियो, रोनाल्डिन्होको खेल हेर्न फुटबलका पारखी लालायित हुन्थें।

 ब्राजिलियन स्टार रोनाल्डिन्होको ओरालो यात्रा 

काठमाडौं, चैत ३ : कुनै समय थियो, रोनाल्डिन्होको खेल हेर्न फुटबलका पारखी लालायित हुन्थें।

कोही टिकट काटेरै रंगशाला पुग्थे भने कोही घरमै बसेर भएपनि टेलिभिजनमै उनको खेल हेरेर चित्त बुझाउँथें। रोनाल्डिन्होको टिमको खेल भएका दिन सायदै कसैले उनको खेल हर्न छुटाउँथे। 

हसिलो मुहार, अद्भुत क्षमताका साथ जब उनी आफ्नो कला देखाउन मैदान उत्रिन्थे। तब दर्शक मोहित हुन्थें। सिट्ठी बजाउँदै रोनाल्डिन्हो, रोनाल्डिन्हो भन्दै हुटिङ गर्थे। नगरून् पनि कसरी ? जब उनको खुट्टामा बल पर्थ्यो, जोकोही विपक्षी खेलाडीलाई उनीबाट बल खोस्न हम्मेहम्मे पर्दथ्यो।   

उनी मैदानमा खेलिरहँदा सायद कसैले सोचेका थिएनन्, रोनाल्डिन्हो यो हालतमा आइपुग्ने छन्। अवश्य नै उनी फुटबललाई निकै माया गर्थे। तर, उनका लागि फुटबल मात्रै सबथोक थिएन। उनी आफैँले पनि सोचेको हुनुपर्छ, फुटबलमा सर्वश्रेष्ठ बन्ने केही वर्ष मात्रै हो।  

खासगरी जब बार्सिलोनाका पूर्वअध्यक्ष जोन लार्पोटाले रोनाल्डिन्होलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट सन् २००३ मा भित्र्याए। तब उनको प्रतिष्ठा ह्वात्तै बढ्यो।

तर, त्यो बेला पिएसजीका तत्कालीन प्रशिक्षक लुइस फर्नान्डिजले रोनाल्डिन्होबारे दिएको अभिव्यक्तिले सनसनी मच्यायो। उनले आफ्नो संस्मरणमा भनेका छन्, ‘रोनाल्डिन्होमा अनुशासन कम थियो र पार्टी गर्न शौखिन थिए। एकपटक त उनले टिमको पार्टी चलिरहँदा महिलालाई कोठामा ल्याएका थिए।’

तर, त्यो बेला उनको जीवनशैलीले उनलाई बार्सिलोनामा आफ्नो जादु देखाउन र विश्वकै सर्वश्रेष्ठ बन्न कसैले रोक्न सकेन। किनकि त्यो समयमा बार्सिलोना र रोनाल्डिन्हो दुवैलाई एकअर्काको आवश्यकता थियो। त्यसको कारण थियो, बार्सिलोना संघर्षरत र टोली पुर्नगठनको तयारीमा थियो। 

बार्सिलोनामा उनले मुस्कान र खेल शैलीका कारण क्याम्प नाउलाई मोहित बनाएका थिए। स्पेनमा अद्भुत समय बिताउँदा उनका दुई प्यासन थिए–फुटबल र रात। 

बार्सिलोनामा रहँदाका सुरुवाती वर्षमा उनको जीवनशैलीमा खासै प्रश्न उठेको थिएन। सन् २००४ मा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरमा हरायो। त्यसलाई बार्सिलोनाको उदयको संज्ञा दिनेहरु पनि छन्। तर, २००६ मा च्याम्पियन्स लिग जितेपछि बार्सिलोनामा उनको डाउन फल सुरु भयो। 

बिहानसम्म पार्टीमा खाइरहेको र नाचिरहेको भिडियो त्यो बेला भाइरल बन्यो। उनी प्रशिक्षणमा समेत अनुपस्थित भए। उनलाई माफी माग्न लगाइयो। उनले केही समय त्यस्तो गर्न छोडे। जब पेप गार्डिवला बार्सिलोनाको प्रशिक्षक बने। उनले रोनाल्डिन्होको विकल्प खोज्न थाले। गार्डिवलाले लियोनल मेसीलाई उनको उत्तराधिकारीका रुपमा अघि सारे। 

सन् २००८ सालमा उनी बार्सिलोना छाडेर एसी मिलानतर्फ लागे। त्यो उनका लागि निर्णायक मोड थियो। इटाली र आफ्नो देशमा उत्कृष्ट फर्ममा रहन रोनाल्डिन्होलाई कुनै समस्या भएन। एक रात मिलान डिस्कोमा समर्थकहरुको एउटा समूहले उनलाई डिस्को परिसरबाट बाहिर निकालिदिए। र, घर जान बाध्य बनाइदिए। त्यो इन्टरविरुद्धको डर्बी हुनुभन्दा केही दिन पहिले थियो।

वर्षौंपछि उनलाई बार्सिलोनाले एक राजदूतका रुपमा नियुक्त गर्‍यो। तर, उनलाई राजदूतका रुपमा पहिलो पटक क्याम्प नाउमा सार्वजनिक गर्ने कार्यक्रम थियो। उनी कास्टेल डेफल्समा समुद्र तटमा फुटबल खेल्न रोकिए। उनी आफैँले  बार्सिलोनासँग जोडिने अवसर गुमाए।

र, त्यहीँ बेला उनको बैंक खातामा ६ डलर युरोमात्रै रहेको बताइयो। उनी एक पटक जेल जनाबाट जोगिए। 

तर, यो पटक भने सफल हुन सकेनन्। उनले पाराग्वेमा नक्कली पासपोर्ट बोकेको अभियोगमा जेल परे। पाराग्वेको कानून अनुसार उनी कम्तिमा ६ महिना जेल बस्नुपर्नेछ।

विश्वकप र बालोन डि’अर विजेता खेलाडी हुन् रोनाल्डिन्हो। उनले सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकप जितेका थिए भने सन् २००५ मा बालोन डि’अर। 

१७ वर्ष लामो फुटबल करिअरमा उनले कुल ८१६ खेल खेल्दै १३३ गोल गरेका छन्। जसमा उनले ब्राजिलका लागि ९९ खेलमा ३३ गोल गरेका छन्।

बार्सिलोनामा रोनाल्डिन्होले करिअरकै सबैभन्दा उत्कृष्ट समय बिताएका थिए। बार्सिलोनामा पाँच सिजन बिताएका उनले दुई ला लिगा, दुई सुपर कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

उनले सन् १९९९ को कोपा अमेरिकामा लाट्भियाविरुद्ध खल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसपछि २०१३ सम्म उनी ब्राजिलियन टिममा रहे। २००२ को विश्वकप उपाधि जित्दा उनी ब्राजिलका मुख्य खेलाडी थिए।

२००८ मा ब्राजिलले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्दा पनि उनको भूमिका महत्वपूर्ण थियो। स्थानीय क्लब ग्रेमिओबाट फुटबल करिअर सुरु गरेका रोनाल्डिन्होले ब्राजिलकै अर्को क्लब फ्लुमिनेसमा ३४ वर्षको उमेरमा करिअरको अन्त्य गरेका थिए।

-एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्