Kathmandu Press

कलामा कोरोना : नयाँ फिल्म रोकिए, थिएटर बन्द

काठमाडौं, चैत ३ : कोरोना भाइरसको महामारीले कला क्षेत्र पनि प्रभावित बनेको छ। हल तथा थिएटरमा दर्शक आउ

कलामा कोरोना : नयाँ फिल्म रोकिए, थिएटर बन्द

काठमाडौं, चैत ३ : कोरोना भाइरसको महामारीले कला क्षेत्र पनि प्रभावित बनेको छ। हल तथा थिएटरमा दर्शक आउन छाडेका छन् भने रिलिज हुनै लागेका फिल्म र प्रदर्शनको तयारीमा रहेका नाटक रोकिएका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीलाई ध्यानमा राखेर सरकारले सभा, समारोह, भेला, सम्मेनल नगर्न तथा फिल्म हल, थिएटरमा नजान आग्रह गरेको छ। जसले गर्दा फिल्म हल र थिएटरमा दर्शक आउन छाडेका छन्। यसले कला क्षेत्र नराम्ररी प्रभावित भएको छ।

नयाँ फिल्म रिलिजको मिति पर सारिएको छ। प्रदर्शन भइरहेका फिल्म पनि दर्शक पाइरहेका छैनन्। थिएटरले पनि नयाँ नाटक प्रदर्शनलाई पर धकेलेको छ भने चलिरहेका नाटक बन्द गरिएको छ।

Hardik ivf

रित्ता फिल्महल।

तथापि, फिल्म हल बन्द गर्ने कि नगर्ने भन्ने अन्योल छ। नेपाल चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जिवि गुरागाईले सरकारको निर्णयले आफूहरु अन्योलमा परेको बताए। ‘सरकारले आम मानिसलाई हल नजानु भनेको छ। हल बन्द गर्नु भनेको छैन,’ गुरागाईले भने, ‘राज्यले बन्द गर भन्यो भने हामी १० मिनेटभित्रै हल बन्द गछौं, अहिले के गर्ने अन्योल भएको छ।’

सरकारले एकातिर हलमा नजान आग्रह गरेको छ भने अर्कोतिर फिल्म हललाई कोरोना भाइरससम्बन्धी सचेतना जगाउने सूचना प्रशासरण गर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सूचना प्रशासरण गर्न दिएकाले बन्द गर्ने कि नगर्ने द्विविधामा रहेका छन्।

विकास बोर्डका सूचना अधिकारी गुरागाई आफैले फिल्म हल बन्द गर्न नसुहाउने बताउँछन्। ‘अबको केही दिनको अवस्था हेरेर निर्क्याैल गर्छौ,’ उनले भने।

फिल्मको रिलिज रोकियो

कोरोना भाइरसको विश्वव्यापी महामारीले संसारभरै नै फिल्मको रिलिज रोकिएको छ। यसको प्रभाव नेपालमा पनि परेको छ। केही फिल्महरू रोकिएका छन्।

अहिले आउने तयारीमा रहेको ‘चपली हाइट–३’ रिलिज रोकिएको छ। त्यस्तै, चैत २१ गते रिलिज हुने तयारीमा रहेको ‘लक्का जवान’ पनि नआउने भएको छ। चैत २८ मा प्रर्दशन आउने तय भएको ‘प्रेमगीत–३’ पनि कोरोना भाइरसको चपेटामा परेको छ। त्यसको पनि रिलिज रोकिएको जनाएको छ।

यससँगै हलिउड र बलिउडका फिल्म पनि रोकिएका छन्। जेम्स वनको ‘नो टाइम टु डाइ’ अहिले रिलिज नहुने भएको छ। कोरोना भाइरसका कारण रोकिएको जनाएको छ।

यस्तै, बलिउड फिल्म ‘सूर्यबंशी’ पनि रोकिएको छ। यसमा अक्षय कुमार र कैटरिना कैफको अभिनय रहेको छ। यससँगै रणवीर सिंहको ‘८३’ को रिलिज मिति पर सारिएको छ भने ‘ब्रह्मास्त्र’को सुटिङ रोकिएको छ। बलिउडमा आठ सय करोड भारतीय रुपैयाँ नोक्सान भएको जनाएको छ।

थिएयटर पनि सकसमा

कोरोना भाइरसको महामारीले थिएटर पनि सकसमा परेका छन्। केही थिएटर बन्द भएका छन भने केहीले प्रदर्शन रोकेका छन्। झापाको दमकस्थित कदमा थिएटर प्रदर्शनको तयारीमा रहेको नाटक ‘बाछिटा’ स्थगित गरेको छ।

फागुन २८ देखि चैत ४ गतेसम्म प्रदर्शन गर्ने तयारी थियो। यसले चार लाख घाटा लागेको थिएटरका संस्थापक तथा निर्देशक सिजन दाहालले बताए। अब अर्को पटक प्रदर्शनका लागि पुनः रिहलसल गर्नुपर्ने भएकाले खर्च दोहोरिने उनले बताए।

शिल्पी थिएटर।

अहिले प्रशासनिक कामबाहेक सबै कार्यशाला बन्द गरेको कदमा थिएटरले दमक नगरपालिकाको सहकार्यमा नारी दिवसको अवसरमा प्रदर्शन गर्ने तयारी गरेको ‘फरफोमेन्स आर्ट’को कार्यक्रम पनि स्थगित गरेको थियो।

उपत्यकाका थिएटर पनि सकसमा छन्। कीर्तिपुरस्थित थिएटर मलका संस्थापक तथा कलाकार केदार क्षेष्ठले अहिले नाटकको तालिक नभएको बताए। ६ वर्षदेखि लगातार गर्दै आएको बालबालिकाको ‘अभिनय कार्यक्रम’ पनि गर्ने कि नगर्ने दोधारमा रहेको उनले बताए।

त्यस्तै, बत्तिसपुतलीस्थित शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजले पनि नेपाल सरकारको विज्ञप्तिअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न बालबालिकालाई लागि लक्षित नाटक ‘गोल’ स्थगित गरेको बताए। अन्य नाटक पनि प्रदर्शनको कार्यक्रम रोकिएको छ।

यस थिएटरले पुस्तक विमोचन कार्यक्रमको लागि पनि हल भाडामा दिंदै आएको थियो। अहिले त्याे पनि रोकिएको छ। ‘अब फेरि गर्न त गर्छौ, तर कोरोना भाइरसबारे केहि सुधार भएपछि मात्र,’ उनी भन्छन्।

प्रकाशित मिति: ११:४० बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्