Kathmandu Press

कोरोना भाइरसबारे ९ हल्ला र त्यसको ‘फ्याक्ट चेक’

काठमाडौं, फागुन २९ :  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस निको हुने वा संक्रमण नहुने

कोरोना भाइरसबारे ९ हल्ला र त्यसको ‘फ्याक्ट चेक’

काठमाडौं, फागुन २९ :  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस निको हुने वा संक्रमण नहुने भन्दै विभिन्न हल्लाहरु फैलिएका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे फैलिएका नौ  हल्लालाई वैज्ञानिक रुपमा तथ्यसहित विश्लेषण गरेको छ।

हल्ला १ : शरीरमा तेल दलेर नोभल कोरोना भाइरसबाट बच्न सकिन्छ। 

फ्याक्ट चेक :  शरीरमा तेल दलेर नोभल कोरोना भाइरस मर्दैन।

हल्ला २ : लसुन पानी सेवन गरेर कोरोना भाइरसबाट बच्न सकिन्छ। 

फ्याक्ट चेक : लसुन खानाले मानिसहरुलाई नोभल कोरोना भाइरस संक्रमण निको भएको कुनै प्रमाण छैन।

हल्ला ३ : निमोनिया वा अन्य रोगको एन्टिबायोटिकले नोभल कोरोना भाइरसबाट जोगाउँछ।

फ्याक्ट चेक : एन्टिबायोटिकले भाइरसविरुद्ध काम गर्दैन। त्यसैले योग्य मेडिकल डक्टरले नतोकेसम्म एन्टिबायोटिकलाई नयाँ कोरोनाभाइरसले गर्दा भएको रोगको रोकथाम वा उपचारको रुपमा प्रयोग गर्नु हुँदैन।

हल्ला ४ : कुकुर, बिरालाजस्ता घरपालुवा जनावरले नोभल कोरोना भाइरस सार्न सक्छन्।

फ्याक्ट चेक : घरपालुवा जनावरहरु जस्तै कुकुर वा बिरालोबाट कोरोना भाइरस सरेको हालसम्म कुनै प्रमाण छैन। यद्यपी घरपालुवा जनावरसँग सम्पर्कपछि साबुनपानीले हात धुनु राम्रो हो।

हल्ला ५ : शरीरमा अल्कोहल लगाउनाले कोरोना भाइरसबाट बच्न सकिन्छ। 

फ्याक्ट चेक : नियमित रुपमा राम्ररी अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्दा वा साबुनपानीले हात धुँदा हाम्रो हातमा हुने भाइरसहरु मर्छन्। कृपया विश्व स्वास्थ्य संगठनद्वारा बनाइएको युट्युव भिडियो हेर्नुहोस्।

अल्कोहलयुक्त स्यानिटाइजरले हातमा दल्ने तरिका :


साबुनपानीले हात धुँने तरिका :

हल्ला ६ : रुघा खोकी लागेका सबैलाई कोरोना भाइरसको संक्रमण हुन्छ।

फ्याक्ट चेक : रुघा खोकी लागेका सबैलाई कोरोना भाइरसको संक्रमण भएको कुनै तथ्य छैन।

हल्ला ७ : कोरोनाबाट बच्न बेसार, बोझो र लसुन खानुपर्छ।

फ्याक्ट चेक : कोरोना भाइरसबाट बच्न बेसार र बोझोले केही मदत गर्दैन।

हल्ला ८ : कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्छ।

फ्याक्ट चेक : कोरोनाको भाइरस हावामा नभएर कुनै बस्तुमा टासिएर सर्ने भाइरस हो।

हल्ला ९ : चीनबाट आएका मानिसबाट टाडा रहनुपर्छ। चीनबाट हुलाकमार्फत आएका सामानहरुबाट कोराना भाइरस सर्न सक्छ ।

फ्याक्ट चेक : चीनबाट प्याकेजहरु प्राप्त गर्ने व्यक्तिहरु नयाँ कोरोना भइरसको जोखिममा छैनन्। यस अघि विश्लेषणबाट कोरोना भाइरसहरु चिठ्ठी वा प्याकेज जस्ता वस्तुहरुमा लामो समयसम्म बाँच्दैनन् भन्ने अवगतै छ। तसर्थ, यी रोग सर्ने माध्यम होइनन्।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्