विश्व स्वास्थ्य संगठनले गर्यो कोरोना भाइरसलाई महामारी घोषणा
काठमाडौं, फागुन २८ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बिश्वब्यापी प्रभावलाई महामारीको संज्ञा दि

काठमाडौं, फागुन २८ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बिश्वब्यापी प्रभावलाई महामारीको संज्ञा दिएको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा पनि व्यापक रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेको हो ।
विश्व स्वास्थ्य संगठनले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष डा. तेद्रोस अधनोम गेब्रेससले सो घोषणा गरेको हो ।
चीन बाहिर कोरोना संक्रमितको संख्या गत दुई हफ्ता मै १३ गुना बढेपछि यसले महामारी कै रुप लिएको उनले बताए ।
साथै उनले सबै देशलाई यसको संक्रमणबाट बच्न दिलो ज्यानले कडाभन्दा कडा कदम चाल्न पनि आव्हान गरेका छन् । डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोभिड–१९ भाइरस नियन्त्रणका लागि सबै देशले तत्काल आक्रमक कार्य अघि बढाउन आग्रह गरेका छन् । कतिपय मुलुकहरुले यो भाइरस नियन्त्रण गर्न र दवाउन सकिन्छ भन्ने उदाहरण देखाइसकेका छन्, डा. टेड्रोसले भने ।
अहिलेसम्म कोरोना भाएइरसबाट १ लाख १९ हजार १ सय ८ जना संक्रमति भैसकेका छन् भने ४ हजार ३ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमण भएका मध्य ६५ हजार ३ सय ५१ जनाको सफल उपचार भएर भाइरसमुक्त भएका छन् ।











