Kathmandu Press

कोरोनासँग जुधिरहेका सबैभन्दा बढी प्रभावित ११ मुलुक

काठमाडौं, फागुन २८ : चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण तीन महिनामा एक सयभन्दा बढी

कोरोनासँग जुधिरहेका सबैभन्दा बढी प्रभावित ११ मुलुक

काठमाडौं, फागुन २८ : चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण तीन महिनामा एक सयभन्दा बढी देशमा फैलिएको छ। यसबाट चार हजार दुई सय जनाको मृत्यु भएको छ भने एक लाख १५ हजार आठ सय जना बिरामी परेका छन्।

डिसेम्बरमध्यदेखि सुरू भएको कोरोना भाइरसको संक्रमणले संसारलाई नै प्रभावित गरेको छ। यो अवधिमा कयौं क्षेत्र तहसनहस भएका छन्। कयौं देश कोरोना भाइरससँग जुधिरहेका छन्।

यसले चीनसहित ११ देशलाई नराम्ररी प्रभावित गरेको छ। विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, अझै कयौं धेरै देशलाई प्रभावित गर्नसक्छ। डब्लूएचओले सतर्कता अपनाउन र कोरोना भाइरससँग जुध्ने पूर्वतयारी गर्न सचेत गराएको छ।

Hardik ivf

अहिले कोरोना भाइरसबाट प्रभावित मूख्य ११ देशमा चीनलगायत इटाली, इरान, दक्षिण कोरिया, जर्मनी, जापान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत र नेदरल्यान्ड रहेका छन्। यि देश कोरोना भाइरससँग कसरी जुधिरहेका छन्?

कोरोना भाइरसबाट प्रभावित सबैभन्दा प्रमुख देश चीन नै हो। चीनमा चीनमा तीन हजार एक सय ५८ जनाको मृत्यु भएको छ। अहिलेसम्म ८० हजार सात सय ७८ जना बिरामी परेका छन्। अझै पनि संक्रमण हुन रोकिएको छैन।

चीनले कोरोना भाइरससँग लड्न संक्रमण फैलिएका शहर ‘लकडाउन’ गरेको थियो। त्यहाँका वासिन्दालाई दुई महिनासम्म घरमै बस्न लगाएको थियो। उनीहरूका लागि आवश्यक दैनिक उपभोग्य सामान घरमा पुर्‍याएको थियो।

चीनले थुप्रै ठाउँमा क्वारेन्टाइन बनाएको थियो। केही नयाँ अस्पताल समेत बनाएको थियो। कोरोना भाइरसको संक्रमण कम हुन थालेपछि बुधबार मात्रै १५ वटा अस्थायी अस्पताल बन्द गरिएको छ।

चीनबाहेकका देशमा पनि ३५ हजारभन्दा बढी बिरामी परेका छन्। यसबाट एक हजार एक  सय २० जनाले ज्यान गुमाएका छन्। यो क्रम रोकिएको छैन।

चीनपछि कोरोना भाइरसबाट प्रभावित देश हो, इटाली। कोरोना भाइरसबाट १० हजार एक सय ४९ जना बिरामी परेका छन्। तिमध्ये ६ सय ३१ जनाको मृत्यु भएको छ। इटालीले पूरै देशलाई ‘लकडाउन’मा राखेको छ। सार्वजनिक कार्यक्रममा रोक लगाएको छ भने स्कुल र विश्वविद्यालय बन्द गरेको छ।

तेस्रोमा इराक रहेको छ। इराकमा आठ हजार ४२ जना संक्रमित भएका छन् भने दुई सय ९१ जनाको मृत्यु भएको छ। त्यस्तै, दक्षिण कोरियामा सात हजार सात सय ५५ संक्रमित भएका छन् भने ६० जनाको मृत्यु भएको छ।

जर्मनीमा एक हजार दुई सय ६४ संक्रमित हुँदा दुई जनाको मृत्यु भएको छ। त्यस्तै, जापानमा एक हजार दुई सय ६४ संक्रमित र १९ जनाको मृत्यु, स्पेनमा एक हजार दुई सय चार संक्रमित र २८ जनाको मृत्यु, फ्रान्समा एक हजार एक सय १६ संक्रमित र ३० जनाको मृत्यु, अमेरिकामा एक हजार संक्रमित र ३१ जनाको मृत्यु तथा भएको छ।

यस्तै, बेलायतमा तीन सय ८२ संक्रमित र ६ जनाको मृत्यु तथा नेदरल्यान्डमा तीन सय ८२ संक्रमित र चार जनाको मृत्यु भएको छ।

मुख्य प्रभावित ११ देशले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिने संक्रमण भएको क्षेत्रमा सतर्कता अपनाएको छ। सार्वजनिक कार्यक्रममा रोक लगाएका छन्। स्कुल, कलेज र विश्वविद्यालय बन्द गरेका छन्।

यातायात बन्द गरेका छन् भने अन्तर्राष्ट्रिय उडान रोकका छन्। प्रभावित देशबाट आउने यात्रुलाई कडाइ गरेका छन्। जसले गर्दा संक्रमण भएका शहरहरू सुनसान बनेका छन्। मानिसको आवतजावत बन्द भएको छ।

सर्वसाधारणलाई आवश्यक दैनिक उपभोग्य सामान घरघरमा पुर्‍याउन थालिएको छ। संक्रमतिलाई सरकारले नै उपचार गरिरहेको छ। संक्रमणको आशंका लागेका व्यक्तिलाई सरकारले नै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ। (एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्