Kathmandu Press

‘महिलाको परिचय पुरुषवादी सोचले बनाइएको छ’

काठमाडाैं, फागुन २७ : ‘यो कपालकै विषयमा धेरै इन्टरभ्यु भयो के, अन्य विषयमा कुरा गरौँ न है,&rsq

‘महिलाको परिचय पुरुषवादी सोचले बनाइएको छ’
रिवाज राई

काठमाडाैं, फागुन २७ : ‘यो कपालकै विषयमा धेरै इन्टरभ्यु भयो के, अन्य विषयमा कुरा गरौँ न है,’ अभिनेत्री सुरक्षा पन्तले कुराकानीको सुरुआतमै भनिन्।

यतिवेला नेपाली फिल्म क्षेत्रमा ‘आमा’ फिल्मको चर्चा छ। जसको कथाअनुसार, अभिनेत्री सुरक्षाले आमाबुवाको किरियामा आफ्नो कपाल मुण्डन गर्छिन्। उनले कपाल मुण्डन गरेको विषयले सुटिङदेखि नै चर्चा पाउन थालेको हो।

यो चर्चाको केन्द्रसम्म आइपुग्न सुरक्षामा सानैदेखि कस्तो प्रतिभा थियो त? हाम्रो कुराकानीको विषय मोडिन्छ।

Hardik ivf

एसएलसीपछि सुरक्षालाई ‘कन्फ्युज’ हुन थाल्यो, ‘वास्तवमा मैले आफ्नो करिअर केमा अगाडि बढाउन सक्छु?’

उनलाई कन्फ्युज बनाउने उनीमा निहित प्रतिभाहरू नै थियो। स्कुलमा हुने चित्रकला, नृत्य र वक्तृत्वकला प्रतियोगितामा उनी प्रायः प्रथम हुन्थिन्। बुटवलको न्यू होराइजन इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुल पढ्दा उनले कक्षा ६ देखि नै आफ्ना प्रतिभा देखाउन थालेकी थिइन्। पढाइमा पनि उनी अब्बल थिइन्।

एसएलसीपछि उनी काठमाडौंस्थित डनबस्को कलेजमा भर्ना भइन्। कलेजले ब्युटिपेजेन्ट गरेको थियो, जसमा उनी फस्र्ट रनरअप भइन्। कला र

सौन्दर्यतिर उनको रुचि थियो। यसैबीच उनी इन्जिनियर बन्ने उद्देश्यले यता काठमाडौं इन्जिनियरिङ कलेजमा भर्ना भइसकेकी थिइन्।

 सुरक्षा पन्त।

पढाइ तेस्रो वर्षमा चल्दै गर्दा उनी इमेज च्यानलको ‘भिजे हन्ट’ कार्यक्रममा प्रस्तुति दिन पुगिन्।

त्यहीँ नै उनको भेट निर्देशक आलोक नेम्वाङसँग भयो। आलोकले पहिलो भेटमा सोधेका थिए, ‘तपाईंलाई अभिनयमा रुचि छ? भिडियो अभिनय गर्नुहुन्छ?’
एक्कासि चर्चित निर्देशक नेम्वाङले यस्तो प्रश्न गरेपछि सुरक्षा केहीबेर निःशब्द भइन्। ‘भिजेका लागि गएकी थिएँ, तर हिरोइन् नै बन्ने अफर आएपछि केहीबेर पत्याउनै सकिनँ,’ सुरक्षा भन्छिन्, ‘अभिनयबारे सोचिसकेकी छैन, अहिले पढ्दै छु भन्ने जवाफ दिएँ।’

चौथो सेमेस्टरको परीक्षा भर्खरै सकिएको थियो, आलोकले फोन गरेर भने, ‘के छ खबर, परीक्षा सकियो?’

 सुरक्षा पन्त।

यसपालि भने आलोकले फिल्मकै लागि अफर गरे। एउटा नाम चलेको निर्देशकको अफर थियो। सुरक्षालाई लाग्यो, फिल्मको अनुभव पनि गरौँ। त्यसपछि उनी चलचित्र ‘अझै पनि’मा अनुबन्धित भइन्।

यस चलचित्रमा अभिनय गर्दा उनलाई बाटो बिराएर हिडिँराखेको मानिसलाई कसैले आएर सही गन्तव्य देखाइदिएको महसुस भएको थियो।

फिल्म क्षेत्रमा आएको पाँच वर्षको अन्तरालमा उनले ‘धनपति’, ‘भैरे’, ‘चङ्गाचेट’, ‘गोपी’ र ‘घर’जस्ता सिनेमामा अभिनय गरिसकेकी छिन्। दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ले निकै चर्चा पाएको थियो। तर, उनले अभिनय गरेका सबै फिल्म खास विषयवस्तुमा आधारित छन्।

 

प्रकाशित मिति: १०:३१ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्