Kathmandu Press

स्कुलमा पनि थालियो कोरोना भाइरसको परीक्षण (फोटोफिचर)

काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन थालिएको छ। काठमाडौंका विभिन्न वि

स्कुलमा पनि थालियो कोरोना भाइरसको परीक्षण (फोटोफिचर)
रिवाज राई

काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन थालिएको छ। काठमाडौंका विभिन्न विद्यालयमा पनि कोरोना भाइरसको लक्ष्यण थाहा पाउन शरीरको तापक्रम नाप्न थालिएको छ।

शुक्रबार बिहान विद्यालय प्रवेश गरेपछि काठमाडौंको सुकेधारास्थित सैपाल एकेडेमीका विद्यार्थीको शरीरको तापक्रम नापिएको छ। उनीहरूको शरीरको तापक्रमको रिकर्ड पनि राखिएको छ। कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीको शरीरको तापक्रम नाप्न थालिएको विद्यालयले जनाएको छ।

काठमाडौंका अन्य विद्यालयले पनि विद्यार्थीको शरीरको तापक्रम नापेर रिकर्ड राख्न थालेका छन्। यसले शंका लागेका विद्यार्थीको उपचार गर्न सजिलो हुने र संक्रमण फैलिन नदिन सहयोग पुग्ने विश्वास गरिएको छ।

 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्