Kathmandu Press

कोरोना भाइरसबारे जान्नै पर्ने आठ तथ्य

काठमाडौँ, फागुन १९ : चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेको छ। सोमबारसम

कोरोना भाइरसबारे जान्नै पर्ने आठ तथ्य
एजेन्सी

काठमाडौँ, फागुन १९ : चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेको छ। सोमबारसम्म तीन हजारको मृत्यु भएको भने ९० हजार संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित पाँच देशलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएको छ। त्यसैले नेपालमा पनि यसको सतर्कता अपनाउनु जरुरी भएको छ।

नेपालले पनि सबै सीमानाकामा सतर्कता अपनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरू गरेको छ। तथापी यसको औषधि नभएकाले सबैले सतर्कता अपनाउनै उत्तम मानिएको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन्।

Hardik ivf

तयापी, यससम्बन्धी केही भ्रम रहेका छन्। जसले त्रास पनि फैलाएको छ। कोरोना भाइरससम्बन्धी जान्नै पर्ने आठ विषयहरू :

१) के हो कोरोना भाइरस?

यो एक प्रकारको किटाणुहरूको जमात हो। जसले रुघाखोकीजस्ता सामान्य सर्दीदेखि सार्सलगायतका रोगहरू निम्त्याउँछ। यो सामान्यतया रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा बढी देखिन्छ।

साथै शिशु र बृद्घबृद्घामा यो अधिक देखिन्छ। चिसो मौसममा यसको अत्यधिक खतरा रहन्छ। यसले निमोनिया, स्वासप्रस्वासमा समस्या, पेटसम्बन्धी समस्या, टाउँकोसम्बन्धी समस्याहरु निम्त्याउने गर्छ।

२) के हुन कोरोना भाइरसका लक्षणहरू?

कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, थकान र सुख्खा खोकी हो। सुरूआतमा यी लक्षणहरू सामान्य रुपमा रहेर विस्तारै विकास हुने गर्छन्।

यसले करिब १४ प्रतिशत निमोनिया र श्वासप्रश्वासमा समस्या ल्याउँछ भने शरीरका विभिन्न अंगहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पुर्‍याइरहेको हुन्छ।

३) के कोरोना भाइरस प्राणघातक छ?

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार, यो रोग संक्रमित सबै मानिसहरूमध्य दुई प्रतिशतमा प्राणघातक बनेको छ। गत फेब्रुअरी १७ मा चीनले विश्व स्वास्थ्य संगठनलाई दिएको एक तथ्यांकमा ४४ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि यो प्राणघातक साबित भएको हो।

४) के यो सरुवा रोग हो?

हो, कोरोना भाइरस एक प्रकारको सरुवा रोग हो। यो भाइरस सामान्यतया संक्रमित व्यक्तिबाट अरूमा सर्ने गरेको छ।

५) कोरोना भाइरस कसरी सर्छ?

यसको मुख्य स्रोत भनेकै जनावर हुन्। गाई, सुँगुर, कुखुरा, चराहरू विशेषत यो भाइरसबाट संक्रमित हुन्छन् र संक्रमित जनावरको सम्पर्कबाट यो मान्छेको शरीरमा प्रवेश गर्छ।

संक्रमित व्यक्तिहरूको सामान्य सम्पर्कबाट पनि यो फैलने हुँदा बढी सजकता अपनाउन जरुरी छ।

६) कोरोना भाइरस कति समय सतहमा जीवित रहन्छ?

कोरोना भाइरस कति समय सतहमा जीवित रहन्छ भन्ने स्पष्ट भइसकेको छैन। यो भाइरसले पनि अन्य भाइरस सहरनै व्यवहार गर्ने विश्व स्वास्थ्य संगठनको ठम्याई छ।

तर, एक अध्ययनले कोरोना भाइरस संक्रमित भएको स्थान वा सतहमा केही घण्टादेखि केही दिनसम्म पनि जीवित रहनसक्छ।

७) कस्तो व्यक्तिमा बढी प्रभाव पार्छ?

अधिकांश व्यक्तिहरू आफ्नो जीवनकालमा एक वा बढी साधारण मानवीय कोरोना भाइरसहरूबाट संक्रमित हुन्छन्।

विशेषत साना बच्चा र बृद्घबृद्घा संक्रमित हुने सम्भावना बढी हुन्छ भने रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्तिहरुलाई कोरोना भाईरसको खतरा बढी रहन्छ।

८) कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने?

यसको निवारणका लागि हालसम्म पनि कुनै भ्याक्सिनहरू उपलब्ध नभएको हुँदा तल उल्लिखित कार्यहरुबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।

क) बिरामी मानिसहरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुपर्छ।

ख) खाना अघि कम्तिमा २० सेकेन्डसम्म हात धुनुपर्छ।

ग) सम्भाव्य संक्रमित जनावरहरूको सम्पर्कबाट टाढा रहनुपर्छ।

घ) लक्ष्यण देखा परेमा तत्कालै चिकित्सकसँग सल्लाह लिनुपर्छ।

(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्