नैतिकताका आधारमा राजीनामा दिएँ : बाँस्कोटा
काठमाडौं, फागुन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नैतिकताका आधारमा आफूले

काठमाडौं, फागुन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नैतिकताका आधारमा आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन्।
ट्वीटरमा ट्वीट गर्दै बाँस्कोटाले आफ्नाबारेमा प्रश्न उठेकाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताका आधारमा राजीनामा दिएको जानकारी दिएका छन्।
‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद,’उनले ट्वीटमा उल्लेख गरेका छन्।
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको सञ्चारमन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए। काठमाडौं बाहिर रहेका बाँस्कोटा बिहीबार दिउँसो काठमाडौं आएलगत्तै पदबाट राजीनामा दिएका थिए।
यसअघि बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले बाँस्कोटाको राजीनामा आइसकेको सूचना प्राप्त भएको जानकारी दिएका थिए।











