Kathmandu Press

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा 

काठमाडौं, फागन ८ :  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। 

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा 

काठमाडौं, फागन ८ :  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकको सुरुमै सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले राजीनामाको अनौपचारिक जानकारी प्राप्त भइसकेको र सरकारको ध्यानाकर्षण भएको बताएका हुन्। 

'मन्त्री बाँस्कोटाको राजीनामाबारे संसदलाई अनौपचारिक सूचना प्राप्त भएको छ,' सापकोटाले भने। 

यसअघि बिहीबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा प्रचण्डले बाँस्कोटाको राजीनामा गराउने जिम्मा प्रधानमन्त्री ओलीलाई सुम्पिएका थिए। 

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि ओली–प्रचण्डबीच छलफल भएको थियो। मन्त्री बाँस्कोटा र स्वीस सेक्युरिटी प्रिन्टीङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो बुधबार बाहिरिएको थियो।

सम्बादमा सञ्चारमन्त्री बाँस्कोटाले २७ अर्बको लागत लाग्ने देखिए त्यसलाई २८ अर्ब बनाउन सुझाव दिएर कमिसन बढाउन पनि भनेको उल्लेख छ।

एजेन्ट शर्माले प्रतिशतमा  हिसाव सुनाएपछि मन्त्रीले त्यो भनेको कति हुन्छ भनेर अंकमै सोधका छन्। शर्माले सामान्य प्रक्रियाबाट जाँदा ७० करोड जति कमिसन आउने जानकारी मन्त्री बाँस्कोटालाई दिएका छन्। 

विवादमा तानिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलहरुले तत्काल राजीनामा दिन माग गरेका थिए।  

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, फागुन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्