सरकारका प्रवक्ता बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा
काठमाडौं, फागुन ८ : सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युर

काठमाडौं, फागुन ८ : सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको अडियो सार्जजनिक भएको छ।
हाम्राकुरा डटकमले संचार मन्त्री बाँस्कोटा र स्वीस सेक्युरिटी प्रिन्टीङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवाद लिक गरेको छ। उक्त लिक अडियोको टेलिफोन संवादमा संचार मन्त्री बास्कोटाले खुलेआम कमिसन मागेका छन्।
शर्माले प्रतिशतमा हिसाव सुनाएपछि मन्त्रीले त्यो भनेको कति हुन्छ भनेर अंकमै सोधका छन्। शर्माले सामान्य प्रक्रियाबाट जादा ७० करोड जति कमिसन आउने र त्यसको ७० प्रतिशत ४छ देखि ५५ लाखसम्म घुस दिने अडियोमा बताएका छन्। मन्त्री बास्कोटाले २कुल ७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप कमिसन बढाउन पनि उक्त अडियोमा सुझवा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भने रटान रटिरहेका बेला उनका प्रवक्ताकै घुस मागेको अडियो बाहिरिएको हो।
हाम्राकुराले छापेको अडियो यस्तो छ
मन्त्री गोकुल बास्कोटा : ह
विजय प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको (कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बास्कोटा : ठीक छ।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्यो।
मन्त्री गोकुल बास्कोटा : मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि९कमिसनका लागि० हामी आउट अफ ट्याक जानेकी (तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
मन्त्री गोकुल बास्कोटा : अब। क्यापासिटीको कुरा।
विजय प्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बास्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बास्कोटा : उनीहरुले कति निकाल्छनरु
विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बास्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
विजय प्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
मन्त्री गोकुल बास्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ७० जति आउलाकी१ आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छन?
विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत (तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
मन्त्री गोकुल बास्कोटा : त्यो भनेको कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। (हामीले पनि त अलि अलि राख्नुपर्योनी। आउट अफ ट्याक गइयो भने।
मन्त्री गोकुल बास्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।
मन्त्री गोकुल बास्कोटा : एउटा के नगर्नुस भने यी मु।।।कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो।
विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बास्कोटा : त्यो मु।।ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।
हाम्राकुरा डकटकले छापेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
हाम्राकुराले सार्वजनिक गरेको मन्त्री र शर्माको अडियो












