Kathmandu Press

पर्यटनमन्त्री योगेश भट्टराईको खिल्ली उडाइँदै, ‘यस्तो बुद्धि के खाएर आउँछ?’

काठमाडौँ, फागुन ७ : पर्यटनमन्त्री योगेश भट्टराईको अपरिपक्व भनाइ र निर्देशनको सामाजिक सञ्जालमा चर्को

पर्यटनमन्त्री योगेश भट्टराईको खिल्ली उडाइँदै, ‘यस्तो बुद्धि के खाएर आउँछ?’

काठमाडौँ, फागुन ७ : पर्यटनमन्त्री योगेश भट्टराईको अपरिपक्व भनाइ र निर्देशनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। कतिपयले पर्यटनमन्त्री भट्टराईको हाँसिमजाक समेत उडाएका छन्।

कोरोना भाइरसले चीनमा महामारीको रुप लिएको छ। चीनको वुहानबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता लगेका छन्। नेपालले पनि आइतबार १७५ जनालाई फिर्ता लिएको छ।

अमेरिकालगायत कतिपय देशले चीनसँगका हवाइ उडान बन्द गरेका छन्। आफ्ना नागरिकलाई चीन नजान निर्देशन दिएका छन्। उनीहरुले चीनका नागरिकलाई मात्रै होइन, चीनबाट आउने अन्य देशका नागरिकलाई समेत आफ्नो प्रवेशमा कडाइ गरिरहेका छन्।

Hardik ivf

चीनबाट सुरू भएको कोनोना भाइरसको संक्रमण संसारका २८ देशमा पुगेको छ। विश्व स्वास्थ्य संघ (डब्लूएचओल)ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। तर, पर्यटनमन्त्री भट्टराईले भने नेपालमा कोरोना भाइरस छैन भनेर चीनमा भ्रमण वर्षको प्रचार गर्ने अपरिपक्व अभिव्यक्ति मात्रै दिएका छैनन्, मातहतका निकायलाई निर्देशन पनि गरेका छन्।

पर्यटनमन्त्री भट्टराईले पर्यटन मन्त्रालयमार्फत चीनमा भ्रमण वर्षको प्रचार गर्न पाँच बुदे निर्देशन दिएका छन्। नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको सन्देश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशन/प्रसारण गर्न निर्देशन दिएका छन्। जबकी चीनबाट आएका एक नेपाली युवकमा तीन साता अघि नै कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन गरेरै जानकारी दिएको थियो।

मन्त्री भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन पाँच बुँदे निर्देशन दिएका हुन्। नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको श्रव्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा तीन दिनभित्र तयार गरेर व्यापक प्रचारप्रसार गर्न निर्देशन दिएका हुन। त्यस्तै, यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालयलगायतका निकायका वेबसाइटमा राखिनेछ।

यसको विरोध हुन थालेपछि उनले ट्वीट समेत गरेका छन्। ट्वीटमा भनेका छन्, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन। नेपाल आजसम्म सुरक्षित छ। हामीले उच्च सतर्कता अपनाएका छौं। मित्रराष्ट्र चीनलाई सिंगो नेपालको ऐक्यबद्धता छ। यो सन्देश विश्वभरी फैलाऔं भन्ने कुराको बिरोध किन हो? हिनताबोधको मानसिकता!’

 

उनको यो ट्वीटको झन विरोध भएको छ। थुप्रैले चर्को आलोचना गरेका छन्। उनीहरूले यो राम्रो नहुने बताएका छन्।

कतिपयले उनको खिल्ली उडाएका छन्। केही ब्यंग गरेका छन्। केहीले अस्ट्रेलियामा आगलागी हुँदा भ्रमण वर्षको प्रचार गरेझैँ चीनमा कोरोना भाइरसले मान्छे मरिरहँदा त्यस्तो नगर्न आग्रह गरेका छन्। कतिपयले ब्यंग गर्दै अस्ट्रेलियामा झै अहिले चीनमा गएर नेपाल भ्रमण वर्षको प्रचार गर्न भनेका छन्।

पर्यटनमन्त्री भट्टराईको खिल्ली उडाउँदै कतिपयले प्रश्न गरेका छन्, ‘यस्तो बुद्धि के खाएर आउँछ?’

 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्