छाती दुखेर अस्पताल पुगेका प्रधानमन्त्रीको एन्जियोग्राफी सम्पन्न
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको एन्जियोग्राफी गरिएको छ । छाती दुखेर त्रिवि

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको एन्जियोग्राफी गरिएको छ । छाती दुखेर त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्रीको मुटुमा समस्या देखिएपछि चिकित्सकहरुले तत्काल एन्जियोग्राफी गर्न सुझाएका थिए । अहिले भर्खरै उनको एन्जियोग्रफी सम्पन्न भएको उपचारमा संलग्न एक चिकित्सकले काठमाडौं प्रेससँग भने।
एन्जियोग्राफीको विस्तृत रिपोर्ट भने आईसकेको छैन। एन्जियोग्राफी नसाबाट क्यामरा सहितको तार मुटुभित्र पठाउने र मुटुको परिक्षण गर्ने प्रविधि हो। नियमित मिर्गौलाको डायलसिस गर्ने विरामीलाई मुटुको पनि समस्या हुने जोखिम हुन्छ । प्रधानमन्त्री ओली पनि अत्याधिक छाती दुखेपछि अस्पताल गएका थिए ।
याे पनि : मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पतालको क्याथ ल्यावमा
प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











