Kathmandu Press

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पतालको क्याथ ल्यावमा

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पतालको क्याथ ल्यावमा

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। 

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनको अहिले क्याथ ल्यावमा विभिन्न परिक्षण भैरहेको छ । ‘प्रधानमन्त्रीज्युको मुटुमा समस्या देखिएपछि अहिले क्याथ ल्यावमा परिक्षण भइरहेको छ,’ अस्पतालका एक चिकित्सकले काठमाडौं प्रेससँग भने। 

प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिंदै आएको छ। आज भने उनको मुटुमा केही समस्या देखिएकाले परिक्षण गरिएको चिकित्सकको भनाई छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्