Kathmandu Press

कोरोनाभाइरसका कारण लसुन किलोको ७५० रुपैयाँ

काठमाडौँ, फागुन ६ : प्याज सस्तो भएसँगै लसुनको भाउ भने अत्यधिक बढेको छ। दुई महिनाको अवधिमा लसुनको भाउ

कोरोनाभाइरसका कारण लसुन किलोको ७५० रुपैयाँ

काठमाडौँ, फागुन ६ : प्याज सस्तो भएसँगै लसुनको भाउ भने अत्यधिक बढेको छ। दुई महिनाको अवधिमा लसुनको भाउ झन्डै तीन सय प्रतिशतले बढेको छ।

कालीमाटी फलफूल र तरकारी बजारमा लसुनको खुद्रा मुल्य प्रति किलो सात सय ५० रुपैयाँ पुगेको छ। जबकी दुई महिना अघि पुस ६ गते चाईनिज र नेपाली लसुनको खुद्रा मुल्य प्रतिकिलो दुई सय ४५ रुपैयाँ थियो।

पुस पहिलो सातादेखि मूल्य बृद्धि हुन थालेको हो। माघ ६ गते चाईनिज लसुनको खुद्रा मुल्य प्रतिकिलो तीन सय ५५ पुगेको थियो। फागुन ६ गतेसम्म पुग्दा लसुनको खुद्रा मुल्य ह्वात्तै बढेर सात सय पाँच रुपैयाँ पुगेको हो।

Hardik ivf

जबकी बजारमा भने प्रतिकिलो सात सय ५० रुपैयाँभन्दा माथि बिक्री भइरहेको छ। यसको असर उपभोक्ता र ब्यापारीमा परेको छ।

लसुन महंगिएपछि बिक्री गर्नै गाह्रो भएको ब्यापारीको गुनासो छ। लैनचौरको ज्ञानजोनस्थित तरकारी पसल सञ्चालक लक्ष्मी खड्का ग्राहकले किचकिच गर्ने गरेको बताइन्। ‘लसुन त बेच्नै गाह्रो भईसक्यो, ग्राहकहरु महंगो भयो भनेर किचकिच गर्छन,’ खड्काले भनिन्, ‘यस्तै रह्यो भने त लसुन नै बेच्न छोड्नु पर्ने अवस्था आउँछ।’

उनले दुई महिना अघि प्रति किलो दुई सय ५० रुपैयाँमा बेचेकी थिइन्। अहिले सात सय ५० रुपैयाँमा बेचिरहेको उनले बताइन्। ‘ग्राहकहरु लसुन पनि मासुको दाम भनेर कराउँछन्। किनेर लानै डराउँछन्। महंगो भयो बरु नखाने भनेर फर्किन्छन्,’ खड्काले भने।

कालिमाटीमा प्रतिकिलो सात सय पाँच रुपैयाँ भएपनि व्यापारीले भने एक हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। ठाउँअनुसार, फरकफरक मुल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल र तरकारी बजार विकास बोर्डका उपनिर्देशक विनय श्रेष्ठले बताए।

किन बढ्यो लसुनको मूल्य?

व्यापारीहरूका अनुसार, चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लसुनको मूल्य बढेको हो। ‘चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नाकाबन्दी भईरहेको छ। चाईनिज लसुन नआएको भएरै लसुनको भाउ बढेको हो,’ कालीमाटी फलफूल र तरकारी बजार विकास बोर्डका उपनिर्देशक श्रेष्ठले भने।

उनका अनुसार, नेपाली लसुनको सिजन आएको छैन। स्टोरमा पनि प्रयाप्त मात्रामा लसुन छैन। त्यसैले, चीनबाट नआउँदा महंगो भएको उनले बताए। ‘अहिले नेपाली लसुन बजारमा आईपुगेको छैन, चाईनाबाट लसुन पठाएको छैन। त्यसैले महंगो भएको छ,’ उनले भने।

लसुनको मूल्य अझै बढ्न सक्ने जनाएको छ। चीनबाट तत्कालन आयात हुने देखिएको छैन। नेपाली लसुनको सिजन सुरू नभएसम्म मूल्य बढ्ने जनाएको छ।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्