Kathmandu Press

डिल्लीबजार कारागारबाट छुटे पूर्वसभामुख महरा

काठमाडौं, फागुन ५ : संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको मुद्

डिल्लीबजार कारागारबाट छुटे पूर्वसभामुख महरा
रिवाज राई

काठमाडौं, फागुन ५ : संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा कारागारबाट रिहा भएका छन्। 

जिल्ला अदालत काठमाडौंले सोमबार पूर्वसभामुख महरालाई बलात्कार मुद्दामा सफाइ दिएको थियो। सफाइ पाएसँगै महरा डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। महरालाई कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए।

महरा कारागारबाट रिहा भएर बाहिर निस्किए लगत्तै उनका समर्थकहरुले एमसीसी चाहिँदैन, अदालतलाई धन्यवाद भन्दै नाराबाजी गरेका थिए। 

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्