डा.शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री नियुक्त, आजै सपथ
काठमाडौं, फागुन ५ : पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्र

काठमाडौं, फागुन ५ : पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. तुम्वाहाङ्फेलाई सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार उनले दिउँसो ३ बजेका लागि सपथ ग्रहण तय गरिएको छ।
यसअघि उनले उपसभामुखबाट राजीनामा दिन मानेकी थिइनन्। बलात्कार आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। उनको ठाउँमा नेकपाबाट सभामुख बनाउँन खोज्दा उनले आफूलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेकी थिइन्।
नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि विवाद झन बढेको थियो। त्यसपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि उपसभामुखबाट राजीनामा दिएकी थिइन्। अध्यक्षद्वयले मन्त्री बनाउने आश्वासन दिएका थिए।

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)