नवलपरासीबाट विप्लव समूहका विद्यार्थी नेता पक्राउ
नवलपरासी, वैशाख १ : नवलपरासीको बर्दघाटबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता रमेश बस्याललाई पक्....

नवलपरासी, वैशाख १ : नवलपरासीको बर्दघाटबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ।
आइतबार बिहान घरमा खाना खान जाँदै गर्दा बस्याललाई प्रहरीले पक्राउ गरेको हो। बस्याल विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य समेत हुन्।
मोहन वैद्य किरण नेतृत्वको पार्टीमा रहेका बस्याल पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, वैशाख १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











