महराको पक्षमा बहस गर्न वकिलको लर्को
काठमाडौं, फागुन ४ : बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहाद

काठमाडौं, फागुन ४ : बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न कानुनव्यवसायीको लर्को लागेको छ। चर्चित वरिष्ठ अधिवक्तासहित ३७ जनाले वकालतनामा भरेका छन्।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख महराको काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाई सुरू भएको छ। सरकारी पक्षका कानुनव्यवसायीले बहस गरिरसकेका छन् भने महरा पक्षका वकिलको बहस सुरू भएको छ।
महराको पक्षबाट नेपाल वार एसोसिएसनका पूर्वमहासचिव रमनकुमार श्रेष्ठले बहसको सुरुआत गरेका छन्। उनीसहित महराको पक्षबाट सात जना वरिष्ठ अधिवक्ताले बहस गर्दैछन्।
महराको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्तामा श्रेष्ठसहित लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी र भिमार्जुन आचार्य छन्। त्यस्तै, उनको पक्षबाट बहस गर्न ३० जना अधिवक्ताले वकालतनामा गरेका छन्।
महरा पक्षका कानुनव्यवसायीको बहस सकिए आजै फैसला हुनसक्ने जनाएको छ। उनले बलात्कार प्रयास गरे या नगरेको फैसला हुनेछ। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एकमहिनाभित्र सजाय तोक्नेछ।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।
त्यसपछि अनुसन्धान गर्दै जाँदा बलात्कार प्रयासको मुद्दा दर्ता गरिएको हो। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार करागारमा छन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
