Kathmandu Press

वुहानबाट १ सय ७५ नेपालीलाई नेपाल ल्याइयो, ६ जना ज्वरोका कारण रोकिए

काठमाडौं, फागुन ४ : कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई आज विहान नेपा

वुहानबाट १ सय ७५ नेपालीलाई नेपाल ल्याइयो, ६ जना ज्वरोका कारण रोकिए
रिवाज राई

काठमाडौं, फागुन ४ : कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई आज विहान नेपाल ल्याइएको छ । नेपाली बोकेको नेपाल एयरलाइन्सको चार्टर विमान आइतबार विहान करिव ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। 

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर, चिकित्सकसहित १७ जनाको टोली चीन गएको थियो। 

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ।

चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्