माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको लिखित जवाफ पेश गर्न अख्तियारलाई सर्वोच्चको आदेश
काठमाडौं, फागुन २ : सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी प्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं, फागुन २ : सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुको कारण माग गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल र डा.भट्टराईमाथि मुद्दा नलगाउनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
सर्वोच्चको आदेशमा अख्तियारलाई १५ दिनको समय दिइएको छ।
अख्तियारले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी मन्त्रीहरुलाई मुद्दा लगाएको भएपनि तत्कालीन प्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई नीतिगत निर्णय भन्दै पन्छिएको थियो। त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।
याे मुद्दालाई सर्वाेच्च अदालतले अग्राधिकार दिएकाे छ।
याे पनि पढ्नस् :
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईलाई पनि छानविनमा ल्याउन माग गर्दै रिट










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
