थाइल्यान्डका धुताङ्गधारी भिक्षुको नेपालमा पैदल मार्च
काठमाडौं, फागुन १ : थाइल्यान्डबाट आएका धुताङ्गधारी बौद्ध भिक्षुहरू पैदल मार्चमा निस्केका छन्।
काठमाडौं, फागुन १ : थाइल्यान्डबाट आएका धुताङ्गधारी बौद्ध भिक्षुहरू पैदल मार्चमा निस्केका छन्।
बिहीबार उनीहरूले स्वयम्भुस्थित आनन्दकुटी विहारबाट पैदल मार्चको सुरूआत गरेका छन्। थाइल्यान्डका भिक्षु सोमछाई महास्थविरको नेतृत्वमा ६० जना धुताङ्गधारी बौद्ध भिक्षु पैदल मार्चमा निस्केका हुन्।
बौद्ध दर्शनमा धुतको अर्थ हो, परिशुद्ध, पवित्र। जुन बौद्ध भिक्षुहरुको शीताचरणको अभिन्न अङ्गको रुपमा रहेको हुन्छ। आफूले पालन गर्ने शीलाचरणलाई परिशुद्ध गरेर क्लेशलाई नाश वा क्षय गर्ने ज्ञान भएको हुनाले नै धुताङ्ग भन्ने गरिन्छ। यसको आचारण गर्नेलाई धुताङ्गधारी भन्ने गरिन्छ।
थाइल्यान्डबाट आएका धुताङ्गधारी बौद्ध भिक्षुहरू २० दिनसम्म विभिन्न स्थानमा दीप प्रज्वलन गर्दै पैदल यात्रा गर्ने जनाएको छ। फागुन २० गते कनकमुनि बुद्धको जन्मस्थल लुम्बिनी पुगेर पैदल मार्च समापन गर्नेछन्।