Kathmandu Press

यसरी हुँदैछ रानीपाेखरी पुनर्निमाण (फोटोफिचर)

काठमाडौं माघ २९ : भूकम्प गएकै दिन उद्घाटन गर्ने योजनासहित रानीपोखरीको पुनर्निमाण तिव्र गतिमा भइरहेको

यसरी हुँदैछ रानीपाेखरी पुनर्निमाण (फोटोफिचर)
रिवाज राई

काठमाडौं माघ २९ : भूकम्प गएकै दिन उद्घाटन गर्ने योजनासहित रानीपोखरीको पुनर्निमाण तिव्र गतिमा भइरहेको छ।

रानीपोखरी पुनर्निमाणलाई प्रभावकारी बनाउन दुई भागमा विभाजन गरेर काम भइरहेको छ। एउटा निर्माण कम्पनीले मन्दिर र पुल तथा अर्को निर्माण कम्पनीले पोखरी बनाउने जिम्मा लिइएको थियो। समग्रमा ६० प्रतिशतभन्दा बढि काम सकिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले बताए।

Hardik ivf

पुलको काम अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत काम सकिएको निर्माण व्यवसायी देवरत्न महर्जनले बताए। ‘पुल लगभग फिनिसिङ लेभलमा आइसकेको छ। मन्दिरको काम ४० प्रतिशत सकिएको छ,’ उनले भने। मन्दिर पनि टाइबिम लेभलमा पुगेको उनले बताए।

उनका अनुसार मन्दिर, वरिपरिका फुटपाथ, बगैंचा र पुलको ठेक्का दिइसकिएको छ।  मन्दिरमा १६ वटा काठका पिलरहरु उठाइ सकिएको छ। ४० प्रतिशत काम बाँकी छ। तोकिएको समयमा नै सक्ने गरि काम भईरहेको उनले बताए।

मन्दिर पनि केही उठेको छ। ४० भन्दा बढि कामदार राखेर धमाधम काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। ‘आउँदो वैशाख १२ गते उद्घाटन गर्ने घोषणा भइसकेको छ। त्यसैले पनि कामलाई छिटो सक्न दबाब छ,’ उनले भने।

पोखरीको काम पनि धमाधम भइरहेको रानीपोखरी पुनर्निमाणको रेखदेखमा खटिएका राजकुमार श्रेष्ठले बताए। ‘पोखरीको ७० प्रतिशत काम सकियो। माटो विछ्याउने र इँटा सोलिङ गर्ने काम बाँकी छ,’ श्रेष्ठले भने, ‘निर्धारित समयमा सकिन्छ।’

राजा प्रताप मल्लले वि.सं. १७२७ कात्तिक १७ गते रानीपोखरी निर्माण गरेका थिए। वि.स. १९९० को भूकम्पले भत्किएपछि पुनर्निमाण गरिएको रानीपोखरी पुन: २०७२ को भूकम्पमा क्षति भएको हो।

प्रकाशित मिति: १५:०३ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्