Kathmandu Press

सन्दीपले ६ विकेट लिँदा अमेरिका ३५ रनमै अलआउट

काठमाडौं, माघ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सन्दीप लामिछानेले ६ वि

सन्दीपले ६ विकेट लिँदा अमेरिका ३५ रनमै अलआउट

काठमाडौं, माघ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सन्दीप लामिछानेले ६ विकेट लिएपछि अमेरिका सस्तैमा समेटिएको छ।

बुधबार त्रिवि क्रिकेट मैदानमा चलिरहेको खेलमा सन्दीपले ६ विकेट लिँदा अमेरिकले १२ ओभरमा नौ विकेट गुमाएर ३५ रन समेटिएको हो। उनले पाँच ओभरमा १६ रन दिएर पाँच विकेट लिए।

उनले आईजी हल्यान्ड, मयंक पटेल, निसर्ग पटेल, अक्षय होमराज, टिमिल पटेल र नास्थुस केन्जीगेलाई आउट गरे।

सन्दीपलाई अर्कोतिर सुशन भारीले साथ दिए। उनले तीन ओभरमा पाँच रन दिएर चार विकेट लिए।

अमेरिकाका ओपनर ज्याभिएर मार्सलबाहेक कसैले पनि दोहोरो अंक बनाउन सकेनन्। उनले २२ बलमा दुई चौका प्रहार गर्दै १६ रन बनाए।

अमेरिकाका चार खेलाडी शून्यमा र दुई खेलाडी एक रनमा आउट भए। त्यस्तै, एक खेलाडीले दुई रन र तीन खेलाडीले चार–चार रन मात्रै बनाए।

केहीबेरमा नेपाल ३६ रनको लक्ष्य पछ्याउन खेल्नेछ।

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्