घरेलु मैदानमा ओमानसँग नेपालको दोस्रो हार
काठमाडौं, माघ २६ : आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस

काठमाडौं, माघ २६ : आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ।
नेपालले दिएको २५० रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग लगातार दोस्रो पटक पराजित हुन पुग्यो। यसअघि सिरिजको उद्घाटन खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।
ओमानका आकिब इयास १०९ र कप्तान जिशान मक्सुद ६८ रनमा अविजित रहे। १०८ बलको सामना गरेका आकिबले १२ चौकार एक छक्का प्रहार गर्दा कप्तान जिशानले ७९ बलमा आठ चाैका प्रहार गरेका थिए। ओमानका खाबर अलिले ४१ र जातिन्दर सिंहले २३ रनको योगदान दिए।
नेपालका लागि सुशान भारी र कुशल मल्लले समान एक–एक विकेट लिए।
नेपालविरुद्धको जितसँगै ओमान लिग २ को शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलबाट ओमानले १४ अंक जोडेको छ। १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। नेपाल भने २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए भने पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ सेख र कुशल मल्लले समान २८ रन बनाए भने सुवास खकुरेलले २२ रन बनाए।
ज्ञानेन्द्रले ७६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे। ज्ञानेन्द्र र सुवासले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपालको राम्रो सुरुवात गरेका थिए। यस्तै, कप्तान ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पारससँग पनि ६१ रनको साझेदारी गरेका थिए।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको योगदान दिए। यस्तै, पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ सेख र कुसल मल्लले समान २८–२८, सुवास खकुरेलले २२, करण केसी र सन्दीप लामिछानेले १०–१० रन जोड्दा कमलसिंह ऐरीले ९ रन बनाएका थिए।
ओमानका लागि आकिब इयाले चार र मोहम्मद नदिमले तीन विकेट लिएका थिए।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
