नेपालको एकदिवसीयमा दोस्रो उच्च स्कोर, ओमानलाई दुई सय ५० रनको टार्गेट (अपडेट)
काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दुई सय ४९ रन बनाए

काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दुई सय ४९ रन बनाएको छ। यो नेपालको अहिलेसम्मको दोस्रो उच्च स्कोर हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले आठ विकेटको क्षतिमा दुई सय ४९ रन बनाएको हो। यस अघि नेपालले सबैभन्दा बढी यूएईविरुद्ध दुई सय ५५ रन बनाएको थियो।
आजको खेलमा नेपालका लागि क्याप्टेन ज्ञानेन्द्र मल्लले ५६ रन बनाए। त्यस्तै, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ सेख र कुसल मल्लले २८/२८, सुवाष खकुरेलले २२, करण केसी र सन्दीप लामिछानेले १०/१० तथा कमलसिंह ऐरीले नौ रन बनाए।
ओमानका लागि अकिब इय्यासले चार र मोहम्मद नदीमले तीन विकेट लिए।
केहीवेरमा ओमान ब्याटिङका लागि उत्रिनेछ।
................. .................. ..................
काठमाडौं, माघ २६ : ओमानविरुद्धको खेलमा नेपालले सातौ विकेट गुमाएको छ। करण केसी १० रन बनाएर आउट भएका छन्।
नेपालले ४७ ओभरको खेल सकिँदा दुई सय २२ रन बनाएको छ। नेपालका लागि ज्ञानेन्द्र मल्ले अर्ध सतक बनाए।
अहिले विनोद भण्डारी र सन्दीप लामिछाने क्रिजमा छन्। विनोदले ३० रन बनाएका छन भने सन्दीप भरखर क्रिजमा आएका छन्।
................... ................ ..................
काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा २५ ओभरमा ११८ रन बनाउँदा नेपालले तीन विकेट गुमाएको हो।
नेपालका लागि ओपनर सुवाष खकुरेल २२ र पारश खड्का ३८ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरी आज पनि असफल रहे। उनी शून्यमा आउट भए।
क्याप्टेन ज्ञानेन्द्र मल्लले अर्ध सतक बनाएका छन्। उनी ५३ रनमा खेलिरहेका छन्। उनलाई साथ दिन आरिफ सेख आएका छन्।
................. ................... ..................
काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सुवाष खकुरेल २२ रन बनाएर आउट भएका छन्। उनलाई ओमानका मोहम्मद नदीमले एलबीडब्लू आउट गरेका हुन्।
१६ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ५४ रन बनाएको छ। क्याप्टेन ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर क्रिजमा छन्। उनलाई साथ दिन पारश खड्का आएका छन्।
................. .................. .................
काठमाडौं, माघ २६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँगको खेलमा नेपाल ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो। नेपालका लागि सुवाष खकुरेल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन्।
नाैं ओभरको खेल सकिँदा नेपालले २२रन बनाएको छ। सुवाष १२ र ज्ञानेन्द्र १० रनमा खेलिरहेका छन्।
यस अघि माघ २२ गते भएको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। आज दोस्रो खेलमा भने नेपालले राम्रो सुरुआत गरेको छ।
नेपाल, ओमान र अमेरिका सहभागी त्रिकोणात्मक श्रृंखलामा ओमानले दुई खेल जितेको छ भने नेपालले एक। अमेरिकाले भने नेपाल र ओमान दुवैसँग दुई खेल हारेको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
